स्वर्णिमले भने- सरकारले संविधानमाथि छेडखानी गर्ला भन्ने शङ्का नगर्नुस्  « Khabarhub

स्वर्णिमले भने- सरकारले संविधानमाथि छेडखानी गर्ला भन्ने शङ्का नगर्नुस् 


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानप्रति वर्तमान सरकारको पूर्ण वफादारी रहेको बताएका छन् । 

बिहीबार अर्थ मन्त्रालयमा बसेको अन्तर–सरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री वाग्लेले संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र अधुरा विषयहरूलाई सहमतिमार्फत नै संशोधन गरिने समेत बताए।

करिब दुई तिहाइ नजिकको सरकारले संविधानमाथि छेडखानी गर्ने हो की भन्ने आशङ्का नगर्न उनले आग्रह गरे  । मन्त्री वाग्लेले संविधानले नै संशोधनको विधि तय गरिदिएको अवस्थामा त्यसैलाई टेकेर सरकारले अघि बढ्ने स्पष्ट पारे ।

उनले नेपालको संघीय व्यवस्था अनुसार वित्त बाँडफाँटको विषयलाई अधिकार मात्रै नभई क्षमतालाई पनि सँगै जोड्न आवश्यक रहेको उल्लेख गरे । 

उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा आन्तरिक र बाह्य प्रतिकूलताहरूले लक्ष्य हासिल गर्न निकै चुनौती देखिएको बताए । 

त्यस्तै उनले प्रदेश र स्थानीय तहमा रास्वपाको उपस्थिति नरहे पनि सबैसँग मिलेर नै अघि बढ्ने प्रतिबद्धता जनाए  ।  

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ५ : २४ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका