क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य « Khabarhub

क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई १९६ रनको लक्ष्य दिएको छ । वानखेडे मैदानमा भइरहेको खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९५ रन बनायो। टोलीका लागि ओपनर क्विन्टन डी ककले शानदार शतक प्रहार गरे । उनले ६० बलमा ८ चौका र ७ छक्काको मद्दतमा ११२ रनको उत्कृष्ट इनिङ्स खेले ।

उनलाई नमन धिरले राम्रो साथ दिए। धिरले अर्धशतक प्रहार गर्दै ५० रन बनाए र टोलीलाई मजबुत स्थितिमा पुर्‍याए । यी दुईबीचको साझेदारीले मुम्बईलाई ठूलो स्कोर बनाउन निर्णायक भूमिका खेलेको थियो ।

पञ्जाबका बलरमध्ये अर्शदीप सिंह सबैभन्दा सफल रहे । उनले तीन विकेट लिँदै मुम्बईको रनगतिको नियन्त्रण गर्ने प्रयास गरे। यस्तै, मार्को यान्सन र शशांक सिंहले एक–एक विकेट हात पारे । अब १९६ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किङ्स जवाफी ब्याटिङमा उत्रिनेछ, जहाँ टोलीलाई जितका लागि बलियो सुरुवात आवश्यक पर्ने।

दुवै टोलीको प्लेइङ–११

मुम्बई इन्डियन्स:
रायन रिकेल्टन (विकेटकिपर), क्विन्टन डी कक, सूर्यकुमार यादव, तिलक वर्मा, हार्दिक पाण्ड्या ९कप्तान०, शेरफेन रदरफोर्ड, नमन धिर, मयंक रावत, शार्दुल ठाकुर, दीपक चाहर र जसप्रित बुमराह।
इम्प्याक्ट खेलाडीः ट्रेन्ट बोल्ट, मयंक मार्कण्डे।

पञ्जाब किङ्सः
प्रभसिमरन सिंह (विकेटकिपर), प्रियांश आर्य, श्रेयस अय्यर (कप्तान), कुपर कोनोली, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को यान्सन, जेवियर बार्टलेट, विजयकुमार वैशाख, अर्शदीप सिंह, युजवेन्द्र चहल।
इम्प्याक्ट खेलाडीः नेहल वाधेरा, विष्णु विनोद, हरप्रीत बरार, सूर्यांश शेडगे र यश ठाकुर।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ९ : ४८ बजे

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन

मुस्ताङ हिँडेका पोखरा आइपुगे प्रधानमन्त्री (तस्बिरहरू)

पोखरा– निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा