क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य « Khabarhub

क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई १९६ रनको लक्ष्य दिएको छ । वानखेडे मैदानमा भइरहेको खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९५ रन बनायो। टोलीका लागि ओपनर क्विन्टन डी ककले शानदार शतक प्रहार गरे । उनले ६० बलमा ८ चौका र ७ छक्काको मद्दतमा ११२ रनको उत्कृष्ट इनिङ्स खेले ।

उनलाई नमन धिरले राम्रो साथ दिए। धिरले अर्धशतक प्रहार गर्दै ५० रन बनाए र टोलीलाई मजबुत स्थितिमा पुर्‍याए । यी दुईबीचको साझेदारीले मुम्बईलाई ठूलो स्कोर बनाउन निर्णायक भूमिका खेलेको थियो ।

पञ्जाबका बलरमध्ये अर्शदीप सिंह सबैभन्दा सफल रहे । उनले तीन विकेट लिँदै मुम्बईको रनगतिको नियन्त्रण गर्ने प्रयास गरे। यस्तै, मार्को यान्सन र शशांक सिंहले एक–एक विकेट हात पारे । अब १९६ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किङ्स जवाफी ब्याटिङमा उत्रिनेछ, जहाँ टोलीलाई जितका लागि बलियो सुरुवात आवश्यक पर्ने।

दुवै टोलीको प्लेइङ–११

मुम्बई इन्डियन्स:
रायन रिकेल्टन (विकेटकिपर), क्विन्टन डी कक, सूर्यकुमार यादव, तिलक वर्मा, हार्दिक पाण्ड्या ९कप्तान०, शेरफेन रदरफोर्ड, नमन धिर, मयंक रावत, शार्दुल ठाकुर, दीपक चाहर र जसप्रित बुमराह।
इम्प्याक्ट खेलाडीः ट्रेन्ट बोल्ट, मयंक मार्कण्डे।

पञ्जाब किङ्सः
प्रभसिमरन सिंह (विकेटकिपर), प्रियांश आर्य, श्रेयस अय्यर (कप्तान), कुपर कोनोली, शशांक सिंह, मार्कस स्टोइनिस, मार्को यान्सन, जेवियर बार्टलेट, विजयकुमार वैशाख, अर्शदीप सिंह, युजवेन्द्र चहल।
इम्प्याक्ट खेलाडीः नेहल वाधेरा, विष्णु विनोद, हरप्रीत बरार, सूर्यांश शेडगे र यश ठाकुर।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ९ : ४८ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्