निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति « Khabarhub

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुग्ने जनाएको छ।

कांग्रेस सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको बैठकले काय सम्पादन समितिको बैठकले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने कदमले संवैधानिक अधिकारमा गम्भीर आघात पुर्‍याएको जनाएको छ।

‘सरकारले नियमन गर्न सक्छ तर चयनात्मक व्यवहार गर्न सक्दैन,’ कांग्रेस प्रवक्ता देवराज चालिसेद्वारा जारी बक्तव्यमा भनिएको छ,‘निर्णय सच्याई समान व्यवहार गर्न सरकारलाई आग्रह गरिन्छ।’

बैठकपछि जारी गरिएको निर्णयमा सरकारले नियमन गर्ने अधिकार भए पनि कुनै विशेष सञ्चार माध्यमलाई लक्षित गरी विभेदपूर्ण नीति अपनाउनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उल्लेख गरिएको छ।

विज्ञापन वितरण प्रक्रियालाई पारदर्शी, न्यायोचित र मापदण्डमा आधारित बनाउन पनि कांग्रेसले माग उठ्दै आएको छ। पत्रकार सम्बद्ध संस्था तथा निजी क्षेत्रका सञ्चार माध्यमले पनि सरकारी निर्णयको बिरोध गर्दै आएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १० : ३३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि