करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग « Khabarhub

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले सुझाएको छ ।

“पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढिरहेको वर्तमान अवस्थामा करका दरहरू समग्र रूपमा पुनरावलोकन गरी घटाउने व्यवस्था गरियोस्,” वैशाख २ र ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भन्सार र भ्याटबाहेकका अन्य विविध करहरू केही समयका लागि हटाउने वा न्यून गर्ने नीती अवलम्बन गर्न पनि आग्रह गरेको छ ।

“भन्सार र VAT बाहेकका अन्य विविध करहरू केही समयका लागि हटाउने वा न्यून गर्ने नीति अवलम्बन गरियोस् । साथै, बढ्दो यातायात खर्चका कारण प्रत्यक्ष प्रभावित हुने विद्यार्थीहरूको सहजताका लागि विशेष सहुलियत प्रदान गर्ने व्यवस्था गरियोस्,” विज्ञप्तिमा भनिएको छ ।

मध्यपूर्वमा संकट लम्बिँदै जाँदा त्यसको प्रभाव नेपाली जनताको भान्सा, व्यवसाय, रोजगारी तथा समग्र अर्थतन्त्रमा देखिन थालेको कांग्रेसले जनाएको छ । “यसले आम नागरिकको दैनिकीमा प्रत्यक्ष असर पार्नुका साथै कृषि क्षेत्रमा उत्पादन लागत बढ्ने, पर्यटन क्षेत्रमा हवाई तथा यातायात सेवामा समस्या आउने, तथा व्यवसाय, निजी क्षेत्र र सेवा क्षेत्रलगायत देशको आन्तरिक एवं बाह्य अर्थतन्त्रमा बहुआयामिक चुनौतीहरू सिर्जना गरेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १० : ५५ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल