प्रदूषित हावा र मिश्रित मौसमले स्वास्थ्यमा चुनौती, डेंगु रोकथामको पूर्वतयारी थाल्न आग्रह « Khabarhub

प्रदूषित हावा र मिश्रित मौसमले स्वास्थ्यमा चुनौती, डेंगु रोकथामको पूर्वतयारी थाल्न आग्रह

जेठको मौसममा रुघाखोकी र भाइरल ज्वरोको जोखिम


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अहिले हामी टण्टलापुर गर्मी हुने समय जेठ महिनामा छौँ । तर प्रतिकूल मौसमका कारण देशभर तापक्रम बढेको छैन । एकैछिन घाम लाग्ने, एकैछिन पानी पर्ने, हावाहुरी चल्ने गर्नाले चिसो र गर्मी मिश्रित रूपमा भइरहेको छ । जसका कारण मानिसको दैनिकीमा अलमल भइरहेको छ । तातो लुगा लगाउँदा गर्मी हुने, नलगाउँदा चिसो लाग्ने भइरहेको छ ।

त्यस्तै खानपानमा पनि अहिले दही, मही खाने, चिसो फलफूल खरबुजा, केरा लगायत चिसो पेय पदार्थ खाने मौसम भए पनि मानिसले पर्याप्त मात्रामा चिसो खानेकुरा खान सकिरहेका छैनन् ।

यस्तो मिश्रित खालको मौसम फेरबदल भइरहँदा रुघाखोकी लाग्ने, भाइरल ज्वरो आउने, पखाला लाग्ने लगायतका समस्या देखिने चिकित्सक बताउँछन् ।

जनरल फिजिसियन डा. ध्रुव गैरेका अनुसार वर्षायाम सुरु हुनुअगाडि चल्ने प्रदूषित हावा र पानीले गर्दा खानपानजन्य रोग जस्तै झाडापखाला, आउँ, जण्डिस, टाइफाइड फिभर लगायतका समस्या बढी देखिने गर्दछन् ।

जनरल फिजिसियन डा. ध्रुव गैरेका अनुसार वर्षायाम सुरु हुनुअगाडि चल्ने प्रदूषित हावा र पानीले गर्दा खानपानजन्य रोग जस्तै झाडापखाला, आउँ, जण्डिस, टाइफाइड फिभर लगायतका समस्या बढी देखिने गर्दछन् ।

जसबाट विशेष गरी दीर्घ रोगी मधुमेह, दम, थाइराइड र रक्तचापका बिरामी तथा बालबालिका र वृद्धवृद्धाहरू बढी प्रभावित हुने गरेको डा. गैरेले बताए ।

अहिले दैनिकजसो दम तथा रुघाखोकी, झाडापखाला, टाइफाइड र भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ ।

बच्न के गर्ने ?

प्रशस्त पानी पिउने: गर्मी बढ्दै गएकाले शरीरमा पानीको कमी हुन सक्छ । डिहाइड्रेसन हुन नदिन पर्याप्त पानी पिउनु आवश्यक छ । सकेसम्म उमालेको वा सिलबन्दी बोतलको पानी प्रयोग गर्न डा. गैरेको सुझाव छ ।

मौसम अनुसारको खानपान: ताजा फलफूल र तरकारी खाने, प्रोटिनयुक्त खानेकुरा सेवन गर्ने, नियमित घरमा खाइरहेको खाना खाने, खुला तथा असुरक्षित खानेकुरा नखाने ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने: पर्याप्त आराम गर्ने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने र चिकित्सकले दिएको नियमित औषधि समयमै सेवन गर्ने ।

बाहिर निस्कँदा सावधानी अपनाउने: अनावश्यक रूपमा घरबाहिर ननिस्कने, बाहिर जाँदा मास्कको प्रयोग गर्ने, गर्मीमा छाता बोकेर हिँड्ने, मौसमअनुसार हल्का र सहज कपडा लगाउने, भीडभाडबाट टाढा रहने ।

धुलो–धुवाँबाट बच्ने: वातावरणीय प्रदूषण र हावाहुरीका कारण दम तथा एलर्जीका बिरामी बढी प्रभावित हुने भएकाले झ्यालढोका बन्द गरेर दूषित हावा घरभित्र पस्न नदिने, धुलो–धुवाँ भएको ठाउँमा कम जाने, आवश्यक परे मास्कको प्रयोग गर्ने ।

हरेक वर्ष काठमाडौँ उपत्यका लगायत देशभर फैलिने डेंगुको जोखिम यस वर्ष पनि फैलिने सम्भावना रहेकाले डेंगुबाट बच्न आवश्यक तयारी गर्न पनि डा. गैरेको सुझाव छ ।

‘अहिले काठमाडौँमा डेंगु व्यापक रूपमा नदेखिए पनि वर्षा सुरु भएपछि जोखिम बढ्न सक्छ । त्यसैले घर वरिपरि पानी जम्न नदिने, लामखुट्टेबाट बच्ने उपाय अपनाउने र सरसफाइमा ध्यान दिनुपर्छ’, उनले भने ।

डा. गैरेका अनुसार पानी पर्न सुरु भए पनि अहिले नै लामखुट्टेले फूल पार्ने बेला भइसकेको छैन, त्यसैले डेंगुबाट बच्नका लागि अहिलेदेखि नै पूर्वतयारी गर्नुपर्ने उनले बताए । असारदेखि असोजसम्म ४ महिना डेंगुबाट बच्नका लागि उच्च सतर्कता अपनाउन उनको सुझाव छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ७ : ५० बजे

एमाले सचिवालय बैठक स्थगित, सोमबार बस्ने

काठमाडौँ– नेकपा एमालेको आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्का

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई हराउँदै एस्टन भिल्लाले अर्को

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति

अनलाइनमार्फत घरमै नक्सा प्राप्त

भोजपुर– प्रविधिको तीव्र विकाससँगै अब घरमै बसेर जग्गाको नक्सा प्राप्त