आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – आज २०८३ साल जेठ २ गते शनिबार। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि । तदनुसार सन् २०२६ मे १६ तारिख । बटसावित्री व्रत र शनि जयन्ती आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सोचेका काम नबन्ने जोखिम छ । कुनै पनि काम गर्दा विवादमा नफस्नु उचित हुनेछ । बोल्दा विवेक प्रयोग गर्नुपर्ने समय हुन्छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृष : दिन सामान्य छ ।  व्यवहार गर्दा सचेत नहुँदा हरेक काममा समस्या हुनसक्छ । सानो कुराले मन अशान्त बन्नेछ । शिक्षाको क्षेत्रमा अवरोध भए पनि मिहिनेत निरन्तर गरेमा सफलता मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । व्यापारमा सचेत हुनुपर्ने दिन हो । आज बोलीको प्रभावले विग्रन लागेका काम भने बन्ने सम्भावना छ । साथीको सहयोगले मन शान्त बन्नेछ । रोजगारीको अवसर स्वदेशमै मिल्ने योग छ ।

कर्कट : दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । बनाएको योजना सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ । घर परिवारको साथ र सहयोग मिल्नेछ ।

सिंह :  दिन राम्रो छ ।  दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्ने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

कन्या : सोचेका हरेक काम बन्ने दिन छ । साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । लामो यात्रा भने नगर्नु उचित हुनेछ ।

तुला : काम गर्दा सचेत हुनुपर्ने छ । बोलीमा ख्याल नगर्दा पश्चाताप हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ । साना कुराले मन अशान्त हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ ।

वृश्चिक : शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । नाम र दाम दुवै कमाउने योग छ । सोचेर बोल्नुपर्ने समय आएकाले सचेत बन्नुपर्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

धनु : व्यवहारमा सचेत भएर अगाडि नबढ्दा समस्या बढ्नेछ। सानो कुराले महत्त्वपूर्ण काम अवरुद्ध हुने जोखिम छ । दाजुभाइसँगको सहकार्य फलदायी हुने योग छ । विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ ।

मकर : आज नसोचेको ठाउँमा सञ्चित धन खर्च हुनेछ । हरेक काम गर्नु अगाडि सोच्नु उपयुक्त हुन्छ । संकटमा परिवारको साथ र सहयोग भने निरन्तर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ ।

कुम्भ : दिन राम्रो छ । बौद्धिक साथीको साथ मिल्नेछ । तपाईंलाई आज आकस्मिक लाभ हुन सक्छ । पुराना साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । पारिवारिक मेलमिलाप हुने भएकाले दिन सहज बन्नेछ ।

मीन : आज राम्रो परिणाम आउने योग परेको छ । धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ । मन शान्त बन्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । सोचेको काम बन्ने दिन छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ५ : ३७ बजे

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।