विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा « Khabarhub

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा


२ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज अमेरिकासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाली टोलि बलिङमा उत्रिएको छ ।

लिग–टु अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको छ । विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

नेपाली टोलीमा यस खेलबाट ईशान पाण्डेले डेब्यु गरेका छन् भने कुशल भुर्तेलले कमब्याक गरेका छन् । यस्तै, विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी भने बेन्चमा राखिएका छन् ।

नेपाली टोलीको सुरुवाती ११ मा कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

लिग–२ मा अहिलेसम्म २५ खेल खेलिसकेको नेपाल १८ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट ३८ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । ३० खेलबाट ३८ अंक बनाएको स्कटल्याण्ड शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ९ : ३१ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम