विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा « Khabarhub

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज अमेरिकासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाली टोलि बलिङमा उत्रिएको छ ।

लिग–टु अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको छ । विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

नेपाली टोलीमा यस खेलबाट ईशान पाण्डेले डेब्यु गरेका छन् भने कुशल भुर्तेलले कमब्याक गरेका छन् । यस्तै, विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी भने बेन्चमा राखिएका छन् ।

नेपाली टोलीको सुरुवाती ११ मा कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

लिग–२ मा अहिलेसम्म २५ खेल खेलिसकेको नेपाल १८ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट ३८ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । ३० खेलबाट ३८ अंक बनाएको स्कटल्याण्ड शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ९ : ३१ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक