मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति « Khabarhub

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको वार्षिक तथ्यांकअनुसार यहाँका बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका २३९ पशुधनको क्षति भएको हो ।

कृषि तथा पशुपालन र पर्यटन केन्द्रित जिल्लामा पशुपालन व्यवसाय वर्षौंदेखि गरिँदै आइएको छ । पछिल्लो समय भने यहाँका उच्चलेकका चरनक्षेत्र र बस्तीमा खडा गरिएका याकचौँरी र भेँडाच्याङ्ग्राको वासस्थान वन्यजन्तुको जोखिममा पर्न थालेपछि असुरक्षित बन्दै जान थालेका छन् ।

मानव–वन्यजन्तु द्वन्द्वका कारण यहाँको परम्परागत पशुपालन व्यवसाय संकटमा पर्न थालेको स्थानीय बताउँछन् । हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणका कारण पशुधनमा क्षति हुन थालेपछि परम्परागत पशुपालन व्यवसाय जोखिममा पर्न थालेको किसान बताउँछन् । 

हालसम्म तीन पालिकाका ६८ परिवार घरधुरीका २३९ वटा पशुधनमा हिउँ चितुवा, चितुवा र ब्वाँसोले क्षति पुर्‍याएको एक्यापका प्रमुख राजेश गुप्ताले जानकारी दिए । उनका अनुसार पछिल्लो चार आर्थिक वर्षमा वन्यजन्तुका कारण १२ याक, सात चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेँडाबाख्रा, दुई खच्चड र आठ वठा घोडा मरेका छन् भने बाँकी अरु पशुधन रहेका छन् ।

यहाँका तीन गाउँपालिकाअन्तर्गत पहिलो आव २०७९-८० मा ३१, आव २०८०-८१ मा ५६, आव २०८१-८२ मा ८६ र चालु आवको वैशाखसम्म ६६ वटा पशुधनमा वन्यजन्तुले क्षति पुर्‍याएका एक्याप प्रमुख गुप्ताले जानकारी दिए । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वन्यजन्तु क्षति राहत निर्देशिका, २०८० अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले वन्यजन्तुबाट क्षति भएका पीडित किसानलाई क्षतिपूर्तिबापत राहत रकम उपलब्ध गराउँदै आइरहेको छ । 

उक्त निर्देशिका अनुसार याकचौँरी, घोडा र खच्चडको बढीमा रु ६० हजार र भेँडाच्याङ्ग्राको बढीमा रु १० हजारसम्म राहत रकम उपलब्ध गराउने गरिएको एक्याप जोमसोमका प्रमुख गुप्ताले बताए ।

एक्याप जोमसोमले यहाँका तीन पालिकाका पीडित किसानलाई चार आर्थिक वर्षमा पशुधन क्षतिबापत २५ लाख २१ हजार राहत हस्तान्तरण गरिसकेको उनले जानकारी दिए । उनका अनुसार चालु आवको वैशाखसम्मको क्षतिपूर्तिबापतको रु पाँच लाख २९ हजार सम्बन्धित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको छ ।

यसैगरी एक्याप संरक्षित उपल्लो मुस्ताङमा पनि एक्याप लोमान्थाङले पछिल्लो तीन आर्थिक वर्षमा वन्यजन्तुबाट भएका पशुधन क्षतिको राहत उपलब्ध गराएको छ । तीन आवमा रु ४५ लाख ९९ हजार पीडित पशुधनीको बैंक खातामा उपलब्ध गराइएको एक्याप लोमान्थाङ कार्यालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारण उच्चलेक, खर्क र पाटनमा पानीका स्रोत घट्दै जानु, चरनक्षेत्रमा घाँस पलाउन कम हुनु र जङ्गली जनावर तथा हिउँ चितुवा आहारा प्रजाति पछ्याउँदै स्ती नजिक झर्नुलगायत कारणले यहाँका पशुपालन व्यवसाय संकटमा पर्न थालेका एक्याप प्रमुख गुप्ताले बर्ता । जलवायु परिवर्तनका कारण हिउँ चितुवालगायत जङ्गली वन्यजन्तु आहार पछ्याउँदै बस्तीमा देखा पर्न थालेकाले जोखिम थप बढ्दै गएको उनको भनाइ छ ।

यहाँका पशुपालक किसानको पशुचौपाया पालन गर्ने गोठ र खोरहरू गुणस्तरीय र दिगो भौतिक संरचना नहुँदा पनि वन्यजन्तुले पशुधनमा क्षति पुर्‍याउने क्रम बढेको एक्याप कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १२ : ३६ बजे

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट