विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य « Khabarhub

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू १ सय ९६ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा अलआउट हुँदै १ सय ९५ रन बनाएको छ ।

अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३ र शेहान जयसूर्याले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, मिलिन्द कुमारले २८ तथा हर्मित सिंहले १४ रनको योगदान दिए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले १–१ विकेट लिए ।

लिग–टु अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो । विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

लिग–२ मा अहिलेसम्म २५ खेल खेलिसकेको नेपाल १८ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट ३८ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । ३० खेलबाट ३८ अंक बनाएको स्कटल्याण्ड शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १२ : ४६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका