कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु « Khabarhub

कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरुको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेका छन् ।

संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तिमा २४६ वटा शंकासस्पद केसहरुमा निगरानी गरिरहेको बताएका छन् । प्रकोपको प्रतिक्रियामा, कङ्गो सरकारले भाइरसको फैलावट रोक्न मद्दत गर्न आफ्नो जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ ।

यसै गरी विकेन्द्रीकृत निदान परीक्षणको विस्तार, महामारी विज्ञान निगरानीलाई सुदृढ पार्नु, र प्रभावित क्षेत्रहरूमा द्रुत प्रतिक्रिया टोलीहरू तैनाथ गर्ने लगायतका कार्य गरेको जनाएको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसि) ले उत्तरपूर्वी इटुरी प्रान्तमा प्रकोपलाई आधिकारिक रूपमा सक्रिय क्षेत्रीय स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गरेपछि यो कदम चालिएको हो ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ४ : ५९ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६