विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट « Khabarhub

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा देशका विविभन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल नष्ट भएको हो ।

प्राप्त जानकारीअनुसार दाङको गढवा गाउँपालिका–६ खबरी बस्ने भुवनसिंह पुनको घर र गोठमा विद्युत् चुहावटका कारण आगलागी हुँदा गएराति करिब रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यस्तै, ललितपुरको ललितपुर महानगपालिका–१४ ताल्चीखेलस्थित पाँचथर घर भएका ४१ वर्षीय सुजन सुहङले सञ्चालन गरेको न्यू खुकुरी रेष्टुरेन्टमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा करिब रु चार लाख ५० हजार बराबरको धनमाल जलेको छ ।

यसैगरी कास्कीका पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित एसएस सुज सेन्टरमा आगलागी भएको छ । सोही महानगरपालिका–३३ बागमारा बस्ने मुक्ति पनेरूले सञ्चालन गरेको उक्त पसलमा गएराति आगलागी हुँदा करिब रु दुई लाख बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै, आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ महाकाली टोल बस्ने बन्दा रानाको घरमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

यसैगरी, सुनसरीको बर्जु गाउँपालिका–६ रामटोल बस्ने मन्जुदेवी रामको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा शुक्रबार करिब रु दुई लाख बराबर क्षति भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–१ बनकरूवा बस्ने कालीप्रसाद ठाकुरको किराना पसलमा विद्युत् चुहावट भई आगालागी हुँदा करिब रु तीन लाख बराबरको सामान जलेर नष्ट भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित सोही उपमहानगरपालिका–२ बस्ने ४२ वर्षीय अबनिश सिंहले सञ्चालन गरेको जय श्री लटिनाथ ट्रेडर्समा गएराति विद्युत चुहावट भई आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ९ : ०८ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा