सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन « Khabarhub

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं ७ कार्यालयको व्यवस्थापनमा सूर्यविनायक नगरपालिका–७ कार्यालयमा निःशुल्क घुम्ती हाटबजार सञ्चालन भएको छ ।

सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा आज यहाँका दुई हजारभन्दा बढी उपभोक्ताले सेवा लिएका छन् ।

स्थानीय उत्पादनलाई बिचौलियाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरी नगरपालिकाले घुम्ती हाटबजार सञ्चालन गरेको वडा नं ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।

उनले भने, ‘सूर्यविनायक नगरपालिकाले यसअघि वडा नं २, बालकोटस्थित गोदावरी करिडोरबाट घुम्ती शुभारम्भ भएको हाटबजार गत साता वडा नं ४ को दक्षिण बाराहीमा र आज गुण्डुमा सञ्चालन गरेको छ, आउँदो शनिबार वडा नं ९ चित्तपोलमा र त्यसपछि वडा नं ८ को सिपाडोलमा सञ्चालन गरी पहिलो चरणको घुम्ती हाटबजार सम्पन्न गरिने छ ।’

हाटबजारको स्टल व्यवस्थापनदेखि सबै खर्च नगरपालिकाले व्यहोर्ने र उद्यमी, किसान एवं व्यापारीलाई निःशुल्क स्टल राख्न दिनेगरी सञ्चालन भएको हाटबजारमा गुण्डुमा आज ३० वटा स्टल राखिएको थियो ।

स्टलमा स्थानीय उत्पादन, गुन्द्रुक, मस्यौरा, जिम्बु, च्याउ, हरिया तरकारी, महिला उद्यमीले बनाएका हस्तकलाका विभिन्न सामग्रीहरू, कृषिको बीउबिजन, कम्पोष्ट मल, फल, नेवारीलगायत खाजाका विभिन्न परिकार राखिएको थियो ।

वडावासीले मात्रै नभई नगरपालिकाभित्रका विभिन्न ठाउँबाट आएका उपभोक्तालाई व्यवसायीहरूले आज एकै दिन पाँच लाखभन्दा बढीको सामान बिक्री गरेको र सबैले हाटबजारलाई हरेक साता निरन्तरता दिनुपर्ने माग गरेको वडाध्यक्ष एवं प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।

नगरपालिकाले हाटबजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाटबजार सञ्चालन कार्यविधि स्वीकृत गरी सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समीक्षा गरी वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्नेगरी तयारी गरेको उनले बताए ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ९ : २४ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,