चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि « Khabarhub

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि


२ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ । फाइनलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । वेम्बली मैदानमा भएको रोमाञ्चक खेलमा सिटीका लागि निर्णायक गोल एन्तोइन सेमेनियोले गरेका थिए ।

खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेको थिएन । दोस्रो हाफमा एर्लिङ हालान्डको लो क्रसमा सेमेनियोले उत्कृष्ट टच गर्दै डिफेन्डर लेभी कोलविललाई पछाडि पारेर बललाई टाढाको कुनामा पठाउँदै निर्णायक गोल गरे ।

चेल्सीले बराबरी गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मोइसिस काइसेडोको हेडर रोड्रीले लाइनबाट क्लियर गरे भने एन्जो फर्नान्डेजको प्रहार पोस्टमाथिबाट बाहिरियो ।

म्यानचेस्टर सिटीले अन्तिम क्षणमा पनि आक्रामक खेल प्रदर्शन गर्दै माटेयुस नुनेस र रायन चेरकीमार्फत थप अवसर सिर्जना गरे पनि चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले उत्कृष्ट बचाउ गरे ।

यस जितसँगै सिटीले लगातार दुई फाइनल हारको बदला लिँदै एएफए कप उपाधि आफ्नो नाममा लेखाएको छ । साथै, क्लबले यस सिजन क्याराबाओ कप जितिसकेको कारण घरेलु डबल पनि पूरा गरेको छ । पोचेटिनोको टोली चेल्सी भने लगातार पाँचौँ वेम्बली फाइनलमा गोल गर्न असफल हुँदै उपाधिबाट टाढा रहन पुगेको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  १० : १४ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी