चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि « Khabarhub

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ । फाइनलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । वेम्बली मैदानमा भएको रोमाञ्चक खेलमा सिटीका लागि निर्णायक गोल एन्तोइन सेमेनियोले गरेका थिए ।

खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेको थिएन । दोस्रो हाफमा एर्लिङ हालान्डको लो क्रसमा सेमेनियोले उत्कृष्ट टच गर्दै डिफेन्डर लेभी कोलविललाई पछाडि पारेर बललाई टाढाको कुनामा पठाउँदै निर्णायक गोल गरे ।

चेल्सीले बराबरी गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मोइसिस काइसेडोको हेडर रोड्रीले लाइनबाट क्लियर गरे भने एन्जो फर्नान्डेजको प्रहार पोस्टमाथिबाट बाहिरियो ।

म्यानचेस्टर सिटीले अन्तिम क्षणमा पनि आक्रामक खेल प्रदर्शन गर्दै माटेयुस नुनेस र रायन चेरकीमार्फत थप अवसर सिर्जना गरे पनि चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले उत्कृष्ट बचाउ गरे ।

यस जितसँगै सिटीले लगातार दुई फाइनल हारको बदला लिँदै एएफए कप उपाधि आफ्नो नाममा लेखाएको छ । साथै, क्लबले यस सिजन क्याराबाओ कप जितिसकेको कारण घरेलु डबल पनि पूरा गरेको छ । पोचेटिनोको टोली चेल्सी भने लगातार पाँचौँ वेम्बली फाइनलमा गोल गर्न असफल हुँदै उपाधिबाट टाढा रहन पुगेको छ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  १० : १४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले