अर्थसहित पाँचवटा समितिको बैठक बस्दै « Khabarhub

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको मस्यौदा कार्यविधिमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १० बस्नेछ । बैठकमा ग्यालरी बैठक (पुरानो संसद) भवन निर्माणको कार्ययोजना सम्बन्धमा शहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा उपसमितिको कार्यक्षेत्रमा हेरफेर गर्ने तयारी छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान सवा ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धी विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ८ : २३ बजे

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको