बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु « Khabarhub

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

चौधरीलाई कोल्हवीस्थित तामागढी अस्पतालबाट थप उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो । उनको बिहान करिब ५ बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता मीनबहादुर घलेले जानकारी दिए। 
 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ११ : १९ बजे

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण