जलजलाको लुप्राङमा अङ्गुरखेती « Khabarhub

जलजलाको लुप्राङमा अङ्गुरखेती


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ ।

समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गरेकी हुन् ।

‘चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अङ्गुरका दुई वटा बोटले उत्पादन दिन थालेका छन्’ उनले भने, ‘गत वर्ष प्रतिकिलो चार सय ५० देखि पाँच सयका दरले ३५ हजारको अङ्गुर घरबाटै बेचेको थिए । यसपालि दाना बढी लागेकाले उत्पादन बढ्ने अनुमान छ ।’

अङ्गुरको दाना पाक्ने समयसम्म नझरी बोटमा रह्यो भने कृषि प्राविधिकहरूसँग सल्लाह गरेर अङ्गुरखेती विस्तार गर्ने रेग्मीको योजना छ । दुई छोरा पढाउन पाँच वर्ष बागलुङ बजार बसेकी रेग्मीले घर फर्किएपछि अङ्गुर, गोलभेडा, सुन्तला खेतीका साथै बाख्रापालन सुरु गरेकी थिइन् ।

‘कक्षा पाँच सम्म गाउँकै विद्यालयमा पढेका दुई जना छोराहरूलाई स्कुल टाढा भएकाले पाँच वर्ष बागलुङमा डेरा खोजेर १० सम्म पढाए’, टीकाकुमारीले भनिन्, ‘कक्षा १० उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न दुई जना छोराहरू काठमाडौँ गएपछि घर फर्किएर धानखेती हुने खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले असफल हुने काम नगर्न सुझाउनुभएको थियो ।’

स्वदेशमै उद्यमशील बनेर स्वरोजगार, आत्मनिर्भर र आयआर्जनतर्फ अग्रसर हुनुपर्ने धारणाबाट प्रेरित भएकी रेग्मीलाई स्थानीय विद्यालयका शिक्षक रहेका श्रीमानले साँझ, बिहान र बिदाको समयमा बगैँचाको काममा साथ दिएका छन् । उनको बगैँचामा सात सय ५० सुन्तला र कागतीका बोट छन् । गत वर्ष चार लाख ८० हजारको सुन्तला बिक्री भएको रेग्मीले बताइन् ।

प्लास्टिक टनेलभित्र अङ्गुरका साथै टमाटरखेती पनि गरिएको छ । हुर्किँदै गरेको सुन्तला बगैँचाभित्र सिमीखेती गर्नुभएको छ । अङ्गुर गाउँबाट बिक्री हुन्छ । सुन्तला पोखरा र तरकारी कुश्मामा खपत हुने गरेको छ । कृषि फार्मबाट वार्षिक १० देखि १२ लाख बचत गर्ने रेग्मीको कमाइ देखेर विगतमा सुन्तला रोप्दा गाली गर्नेहरू दङ्ग परेका छन् ।

उनकै सिको गरेर धेरैजसो लुप्राङवासीले धान, मकै, कोदोको विकल्पमा सुन्तलाखेती गरेका छन् । उनलाई राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, जलजला गाउँपालिका र वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रममार्फत प्रविध, पूर्वाधार निर्माणमा सहयोग, सीपमूलक तालिम, व्यावसायिक योजना तयार पार्न, भ्रमण र प्रदर्शनीको व्यवस्था मिलाएका छन् ।

नाग्लिवाङ हुँदै लुप्राङ जोड्ने सडक स्तरोन्नति नहुँदा कृषिउपज बिक्रीका लागि बजार पठाउन समस्या भएको किसान रेग्मीले गुनासो गरिन् । बाँदरको समस्या पनि मुख्य चुनौती बनेको छ । यसपालि गत जेठ १२ गते परेको असिनाले खाद्यबाली, सुन्तला र तरकारीखेतीमा क्षति पु¥याएको किसानहरुले गुनासो गरेका छन् । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ११ : ४६ बजे

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज– यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथि छलफल

काठमाडौं– विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको प्रतिनिधिसभा बैठकमा छलफल

स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तारबारे मन्त्री मेहता र कोरियाली राजदूतबीच छलफल

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र (तस्बिरहरू)

काठमाडौं- राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली