मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी « Khabarhub

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम  पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ । 

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ । 

उनले भने, ‘३० टन अलकत्रा आइसकेको छ । यही ५ गतेबाट कालोपत्रेको काम सुरु हुन्छ ।’

 तत्काल सो ठाउँमा ७०० मिटर सडक कालोपत्र गरिने छ भने असार महिनामा तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । 

सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ । वारवाङ, मौवा, खटौटी र गोमती खोलाको पुलको काम थोरै मात्र बाँकी छ । ती पुलको सडकसँग जोड्ने बाटो कालोपत्रलगायतका काम बाँकी छ । 

सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । 

सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । गएको डिसेम्बर २८ मा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ । 
 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : ४० बजे

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो