विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् « Khabarhub

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।  

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।

बैठकमा नेकपा सांसद प्रमेश हमालले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए । उनले सीमामा भइरहेको भारतीय हस्तक्षेपका बारेमा समेत सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै कांग्रेस सांसद रेखाकुमारी यादवले सीमाका विषयमा मन्त्रीले नभई स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरिन् ।

त्यस्तै एमालेकी सांसद टुकाभद्रा हमालले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले रेकर्डबाट हटाउन माग गरिन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्चाउनुपर्ने र सभामुखले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरि राप्रपा सांसद सरस्वती लामाले नेपालको सीमाका विषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जिम्मेवारीमा बसेकाहरूले गैर जिम्मेवारी अभिव्यक्ति दिनु उचित नभएको धारणा राखिन् । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : ४७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली