सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत « Khabarhub

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत र बित्तिय प्रगति २८ प्रतिशत पुगेको जनाएको हो । 

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले पुरातत्त्व विभागको समन्वयमा रेट्रोफिटिङको कार्य भइरहेको बताए । 

उनले सिंहदरबारभित्र कामदारको प्रवेश, सामाग्री ढुवानी र व्यवस्थापन र स्थानान्तरणमा कठिनाइ देखिएकाले रेट्रोफिटिङको कार्यमा केही ढिलाइ भएको जानकारी दिए । 

आयोजना निर्देशक श्रेष्ठले रेट्रोफिटिङ अन्तर्गत जटिल कार्य सम्पन्न भएपनि अझै धेरै काम बाँकी रहेकाले निर्माण आयोजनासँग समन्वय समेत भइरहेको उल्लेख गरे । निर्माण व्यवसायीले सन्तोषजनक रुपमा नै काम गरिरहेकाले प्राविधिक जटिलताहरूलाई हल गर्ने प्रयास भइरहेको उनको भनाइ छ । 

बैठकमा समिति सदस्यहरूले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्त्विक स्वरूप झल्किने गरी पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । ग्यालरी बैठक भवनको रेट्रोफिटिङका लागि २०८१ साल जेठ ६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । 

सुरु सम्झौता बमोजिम २०८२ मंसिर ६ गतेसम्म रेट्रोफिटिङ सम्पन्न गर्नुपर्नेमा काम सम्पन्न नभएपछि २०८३ मंसिर १ गतेसम्म म्याद थप गरिएको आयोजना निर्देशक श्रेष्ठले बताए ।  

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १ : ३७ बजे

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी