‘बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्छ’ « Khabarhub

‘बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्छ’


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्ने जनाएका छन् । 

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा सार्वजनिक यातायात व्यवस्थापनका बिषयमा भएको छलफलका क्रममा उनीहरुले सार्वजनिक यातायातका क्षेत्रलाई सुधार गर्न राज्यको ध्यान नपुगेकाले सडक दुर्घटना बढेको भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले यातायात क्षेत्रको सुधारका लागि राज्यको प्रभावकारी नीति नभएको बताइन् ।

उनले सडक दुर्घटना न्यूनीकरण जस्तो गम्भीर बिषयमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उपस्थीत नभएको प्रति आपत्ति जनाइन् । सांसद थापाले निर्माण व्यवसायीका विरुद्ध दिएको मन्त्री लम्सालको अभिव्यक्ति आपत्तिजनक भएको समेत बताइन् ।

त्यस्तै सांसद धनेन्द्र कार्कीले यातायात मन्त्रालय हटाउदा अन्यौल भएको बताए । उनले नयाँ सार्वजनिक सवारीको दर्ता रोकिदा पुरानै सवारी साधन सञ्चालन गर्नुपर्नेमा यसका कारण दुर्घटना हुने जोखिम रहेको उल्लेख गरे ।

बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारको कमजोर नीतिका कारण सार्वजनिक यातायात क्षेत्र धरासायी हुँदै गएको बताए । उनले सार्वजनिक यातायात क्षेत्र अपहेलित हुँदा चालक नै नपाउने अवस्था भएको उल्लेख गरे ।  

त्यस्तै अन्य यातायात व्यवसायीहरुले सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनको खाँचो रहेको धारणा राखेका थिए । समिति सभापति आशिष गजुरेलले सडक सुरक्षाका लागि आवश्यक ऐन कानून ल्याएर भएपनि सडक दुर्घटना न्यूनीकरणका लागि काम गर्नुपर्नेमा जोड दिए  । 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  २ : ३६ बजे

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा

बीपीकै नाममा रोपियो कांग्रेसमा फुटको बिउ : गगनलाई गाली गर्दै इतर पक्षीय नेताहरूले उठाए नयाँ पार्टीको बहस

काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक

राजस्व कार्यालय जनकपुर : छ अर्ब छ करोड ७८ लाख राजस्व संकलन

जनकपुरधाम– बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम,

भारतमा निर्माणाधीन सुरुङमा मिथेन ग्यास विस्फोट, २० जनाको मृत्यु

एजेन्सी-उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटपछि भएको विस्फोटमा परी

वर्षा रोकिएपछि यस्तो देखियो काठमाडौं (तस्बिर)

काठमाडौं– नेपालमा अहिले मनसुनी वायुको प्रभाव छ । यसकै कारण काठमाडौं