सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल « Khabarhub

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार सुधारका विषयमा केन्द्रित रही छलफल भएको छ । 

बैठकमा सांसद तथा विज्ञले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनमा जोड दिए ।

समिति सभापति आशिष गजुरेलले सुझावलाई कार्यान्वयनमा लैजान समितिले सहजीकरण गर्ने बताए। उनले सडक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राखे।

सडक सुरक्षासम्बन्धी विधेयक बनेको पाँच वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसकेको उल्लेख गर्दै उहाँले सडक पूर्वाधार समयमै निर्माण नहुँदा समस्या बढिरहेको बताए।

एकीकृत यातायात नीति रहे तापनि सम्बन्धित मन्त्रालय हटाइएको विषय उठाउँदै उनले भावी पुस्ताको सुरक्षाका लागि पनि सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए।

सभापति गजुरेलले भने,  ‘अझै पनि व्यवस्थित फुटपाथ र अपाङ्गमैत्री सडक निर्माण हुनसकेको छैन ।’

 सांसद सुनिल केसीले सडक दुर्घटनाका समस्या समाधान गर्न संसद्ले सहजीकरण गर्नुपर्ने बताए। उनले सडक निर्माणका क्रममा अव्यवस्थित रूपमा बाटो खन्ने, मर्मतमा ढिलाइ हुने तथा सरोकारवाला निकायबीचको समन्वय अभावका कारण दुर्घटनाको जोखिम बढेको जनाउँदै समितिमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद वासना थापाले कर्णाली क्षेत्रमा सडक सञ्चालन अनुमति (रोड परमिट) प्राप्त गर्नसमेत समस्या रहेको जनाउँदै सडक सुरक्षाको अवस्था सुधार गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सांसद भरतकुमार स्वार, पूर्णप्रसाद लिम्बू, धनेन्द्र कार्की र राजु पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सडक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायातका लागि बेग्लै सडक लेन, पार्किङ व्यवस्थापन र दक्ष चालकको आवश्यकता औँल्याए ।

उनले नेपालमा बढ्दो सवारी चापअनुसार पूर्वाधार निर्माण हुन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए। ढुवानी व्यवसायी महासङ्घ नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठले मालवाहक सवारीसाधनको निगरानी र सुरक्षा प्रणाली सुधार गर्नुपर्ने बताए। 

समितिले सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार विकासका विषयमा विज्ञ तथा सरोकारवालासँग सुझाव लिएको हो ।
 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १ : ३७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच