गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना « Khabarhub

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना



काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने बालयौन दुर्व्यवहारका घटना सार्वजनिक भएको छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै बालबालिकाले उजुरी दिएपछि इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार केही दिनअघि पक्राउ गरेर श्रेष्ठमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।

विश्वव्यापी सञ्जाल भइ नेपालमा पनि सञ्चालन भइरहेको इस्कोनलाई केही पात्रहरुले शैक्षिक केन्द्रको आडमा यौन प्यास मेट्ने अखडा बनाएको तथ्य केही दिनअघि बाहिरिएको थियो । योहो टेलिभिजामार्फत पीडितले आफूहरुमाथि भएको अत्याचारको भण्डारफोर गरेका थिए । उनीहरुले गुरुकुलमा अन्य बालबालिकामाथि पनि यौन हिंसा तथा दुर्व्यवहारका घटना हुने गरेको जनाएका छन् । अभिभावकले पनि गुरुकुलमा यौन हिंसा भइरहेको खुलासा गरेका छन् ।

घटना के थियो ?

दाङका एक दम्पत्तिका एक छोरा र एक छोरी इस्कोनमा अध्ययन गर्दै आएका थिए । इस्कोनकै क्यान्टिनमा आमाले काम गर्थिन् भने बुवा त्यहीँ चालकको काम गर्थे । सोही क्रममा उनीहरुलाई इस्कोनका गुरु बद्रीदास भन्ने युक्रेनी मूलका भारतीय नागरिक इगोर ओभ्लोनोकोभले सन्तानलाई गुरुकुलमै राख्न सल्लाह दिए । उनले भने, ‘छोरीलाई गुरुकुल राख । उसको भविष्य राम्रो हुन्छ । भोलि ठूलो मान्छे बन्छे । बाँकी म हेर्छु ।’

त्यसै अनुरुप २०७८ जेठमा छोरीलाई गुरुकुल राखियो । उनी बिहान साढे चारदेखि बेलुका ७ बजेसम्म गुरुकुलमै अध्ययन गर्थिन् । सुरुमा राम्रै थियो, तर ३ महिनापछि गुरुकुलकै सिनियर १९ वर्षीय ईश्वर श्रेष्ठले उनीमाथि यौन हिंसा गर्न थाले । एक्लै भेट्दा च्याप्ने, गोप्य अंग समाउन लगाउने गर्थे । उनले भान्साकोठामा बालिकामाथि यौन सम्बन्ध बनाउने प्रयास गरे । भान्सा कोठाको प्रयास असफल भएपछि त्यसको पाँच दिनपछि गुरुकुलकै भोग चढाउने मन्दिरमा पनि एक्लै भेटेर जर्बजस्ती गर्ने प्रयास गरे ।

गुरु बद्रीदास भन्ने इगोर ओभ्लोनोकोभ

पीडित नाबालिकाले भनेकी छिन्, ‘ईश्वर श्रेष्ठले आफ्नो हात मेरो गोप्य अंगमा राख्ने र मेरो हात आफ्नोमा राख्न लगाउँथे । कपडा उठाउन छतमा जाँदा त्यहाँ पनि दुर्व्यवहार गर्थे । भेटी चढाउने मन्दिरमा पनि मलाई समाउँथे । उसले ममाथि पटकपटक दुर्व्यवहार गरे । तर, सुरुमा मलाई यो के गरेको हो थाहै भएन ।’ बालिकाकी आमाले धर्मको नाममा व्यभिचारीहरु मौलाइरहेको आरोप लगाएकी छिन् । उनले भनेकी छिन्, ‘कृष्णभक्ति सिक्न गएकी ८ वर्षीया छोरीमाथि कुकर्म गरेका छन् । सात वर्षको बच्चालाई गुरुकुलमा राखेर १० वर्षपछि निकाल्दा त्यहाँ यौन सम्बन्ध भइसक्छ भने अभिभावक चुप लागेर बस्न सक्छ ?’

उनीमाथि १० वर्षको उमेरदेखि नै यौन दुर्व्यवहार हुने गरेको खुलेको छ । उनलाई ८ वर्षको उमेरमा आमाबुवाले कृष्णभक्ति र संस्कार सिकाउन इस्कोन पठाएका थिए । आफ्नी छोरीमाथि भइरहेको छ भन्ने उनीहरुलाई थाहै थिएन । पछि आमाबाबुले २०८० माघमा इस्कोनकै पाल्पा जिल्ला शाखामा छोरी पठाए । तर केही महिनापछि छोरीको स्वास्थ्यमा अचानक समस्या आउन थाल्यो । चिच्याउने, कराउने र रुने गर्न थालिन् । एक्लै कोठा थुनेर बस्थिन् । आफूलाई अपवित्र भए भनेर रुने र कसैसँग नबोल्ने गर्न थालिन् । डराउने र आत्तिएर झस्किने गर्थिन् । आफै विक्षिप्त अवस्थामा हुँदा पनि उनले कसैलाई केही भन्न सकिनन् ।

समस्या बढ्दै गएपछि अभिभावकले खोजीनिति गर्न थाले । छोरीबाट केही थाहा नपाएपछि उनैलाई पढाउने शिक्षिकालाई बुझ्न लगाएपछि बालिकाले आफूमाथि भएको घटना खुलाइन् । ईश्वरले आफूलाई अपवित्र बनाएको बताइन् । यति मात्रै होइन, इस्कोनमा ५ वर्षीय छोरामाथि पनि दुर्व्यवहार हुने गरेको खुल्यो । पीडित बालकले सुन्दरगोपाल प्रभु नाम गरेका सुरजकृष्ण श्रेष्ठले कुखुरा बनाउने, शरिरमा पिन गोप्ने, हान्ने गोरुमाथि बसाउने लगायतका कठोर सजाय दिने गरेको बताएका छन् ।

गुरुकुलको कुरा घरमा भने अझै दोब्बर सजाय दिने भनेर धम्क्याउँथे । बालकको शरीरभर पिनले घाचेका घाउ नै घाउ छन् । धर्म र आस्थाको नाममा इस्कोनमा अत्यासलाग्दो अपराध भइरहेको अभिभावक बताउँछन् । छोरीमाथि यौन दुर्व्यवहार र ५ वर्षको छोरामाथि शारीरिक यातनाले अभिभावक आक्रोशित र विक्षिप्त छन् ।

अपराधी जोगाउन सक्रिय

अपराधलाई जोगाउन केही व्यक्ति सक्रिय रुपमा लागेको अभिभावक बताउँछन् । छोराछोरीमाथि भएको क्रुर र अमानवीय व्यवहारका बारेमा बुझ्न उनीहरु इस्कोन सचिव रुपेश जोशीलाई भेट्न पुगे । त्यहाँ दुर्व्यवहार हुँदै आएको पनि जानकारी दिए । उनले यसबारे थप बुझ्न एक महिनाको समय मागे । पछि सुरजकृष्ण रुपेशकै सालो भएकाले परिवारभित्रको कुरा बाहिर निकाल्नु हुँदैन भनेर गोप्य राख्नुपर्ने दबाब दिन थालियो ।

उनीहरुले सबै प्रभुको चाहना हो । तिम्रो कर्म हो । तिमीले भोग्नैपर्छ जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको परिवारको भनाइ छ । कतैबाट समाधान नभएपछि अभिभावकले इस्कोनकै चाइल्ड प्रोटेक्सन अफिस सीपीयो खबर गरे । भारतबाट प्रतिनिधिहरु तीन पटकसम्म नेपाल आएर सोधपुछ, अनुसन्धान र बयान लिएका थिए । सबै कर्तुत बाहिरिने भएपछि सुरजकृष्ण र उनकी पत्नी देवयानीसहितको ३०/३५ जनाको टिमले भारतीय टोलीमाथि नै आक्रमण गरे । संकलन गरेका प्रमाण खोसे । फोनहरु खोसे र ल्यापटप फ्याकिदिए ।

उल्टै गल्ती स्वीकार गर्न लगाए । उनीहरुसँग हतियार पनि भएकाले सीपीयो टोली डरायो । भारतीय टिमलाई डर देखाएर पठाए । इस्कोन नेपालका अध्यक्ष प्रदी भण्डारीले घटनाबारे बुझ्ने क्रम जारी रहेको बताएका छन् । दोषीलाई कानुनसम्मत कारवाही हुनुपर्ने भन्दै उनले सीपीएको रिपोर्ट नआएको जानकारी दिएका छन् ।

बालबालिकालाई अहिले मनोपरामर्शमा राखिएको छ । २२ जना गुरुकुलमा अध्ययनरत रहेकामध्ये हाल ५ जना मात्रै बाँकी छन् । यहाँ शिक्षक र विद्यार्थीबीच पनि अनैतिक सम्बन्ध र नेतृत्वमा रहेकाहरुको बहुसम्बन्ध सतहमा आएको छ । हाल सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका छन् भने ईश्वर श्रेष्ठ फरार रहेका छन् । यस घटनाले समग्र अध्यामिक क्षेत्रको नाम बदनाम गरेको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ३ : ३३ बजे

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १०

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी– स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च

७२ वर्षमा पनि कृषिमा सक्रिय छन् जिरीका लाक्पा

दोलखा– जिरी नगरपालिका–१ पुम्पाका ७२ वर्षीय लाक्पा शेर्पा उमेरले बुढेसकाल लागे पनि

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६