केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन् « Khabarhub

केप भर्डेका नायक भोजिन्हाको आँसु : भिसाको समस्याले आमा मैदानमा थिइनन्


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४१ वर्षका पोर्चुगिच स्टाइकर क्रिस्टियानो रोनाल्डोलाई उमेर ढल्केको भनिरहँदा केप भर्डेका ४० वर्षीय गोलकिप्पर जोसिमार डायज उर्फ भोजिन्हाको प्रदर्शनलाई अहिले विश्वभर तारिफ भइरहेको छ।

जो अन्य खेलाडीले रिटार्यट लिने समयमा विश्वकपमा डेब्यू गरे ।

विश्वकपले सधैँ फुटबलका दर्शकलाई सरप्राइज नतिजा दिन्छ । सोमबार भएको स्पेन भर्सेस केप भर्डेको गोलरहित बराबरीको जिता यसैको निरन्तरता हो ।

सन् २०१० को विजेता स्पेन यस पटक पनि उपाधिको बलियो दाबेदार हो । स्पेन फिफा विश्व वरीयतामा ३ नम्बरमा छ । उता केप भर्डे ६४ नम्बरमा छ । अनि कसले सोचेको थियो- स्पेनलाई केप भर्डेले गोलरहित बराबरीमा रोक्न सक्छ भनेर ?

दुवैतिरबाट गोल नभएपछि रेफ्रीले खेल सकिएको संकेतसहित सिट्टी बजाए । नजिता गोलरहित बराबरी भएकाले क्यामेराहरू भोजिन्हातिर तेर्सिए, लाग्थ्यो भर्खरै फिल्मका कुनै नायकको प्रवेश भयो ।

यसको कारण थियो– स्पेन जस्तो जाइन्ट टोलीको फरवार्ड लाइनको प्रहारले भोजिन्हालाई तोड्न सकेन । स्पेनका ७ महत्त्वपूर्ण प्रहारलाई उनले जाली छुनबाट रोके।

खेलको गणितीय तथ्यांक हेर्दा केप भर्डेमाथि स्पेन हाबी छ । ६२ प्रतिशत समय स्पेनले बल नियन्त्रणमा लिएको थियो । स्पेनले २३ सर्ट प्रहार गरेको थियो, केप भर्डेले केबल ६ ।

स्पेनले ८ सर्ट अन टार्गेट गर्दा केपभर्डे १ को अवस्थामा रोकियो । स्पेनले ७६४ पास खेल्दा केप भर्डेले २७५ मात्रै खेल्यो ।

तथापि, स्पेनको १ ऐलो कार्डसहित १० फल केप भर्डे कति शक्तिशाली भएर मैदानमा प्रस्तुत थियो भन्ने देखाउँछ । जबकि केप भर्डे १ एलो कार्डसहित १ मात्रै फल गर्‍यो ।

केप भर्डेको डिफेन्स लाइन नै स्पेन टोलीको संकट बन्यो । गोलकिप्पर भोजिन्हा गरेको उत्कृष्ट बचाउ अहिले विश्कपको हाइलाइट नै बन्यो ।

भोजिन्हाको प्रदर्शनले विश्वकै मन जितेको छ । १२ घण्टाको अन्तरालमा उनको इन्स्टाग्राममा ५० लाख फलोअर्स बढेका छन् । यो उनले स्पेन्सविरुद्धको एक खेलले कमाएको उपलब्धि हो ।

भोजिन्हाको प्रदर्शनले यति चर्चा पाएको छ कि– क्लब फुटबलका सुपरस्टार र उदयीमान खेलाडी स्पेनका लेमिनल एमालको विश्वकप डेब्यू नै ओझेलमा पर्‍यो ।

को हुन् भोजिन्हा ?

४ हजार २२ वर्ग किलोमिटरमा फैलिएको सानो देश केप भर्डेको मिन्हेलो भन्ने ठाउँमा जन्मिएका हुन्– भोजिन्हा ।

बुवा–आमा सैनिक पेसामा भएकाले हजुरबा– हजुरआमाको संरक्षणमा उनी हुर्किए । उनको निकनेमको भोजिन्हा पनि हुर्काइसँगै सम्बन्धित रहेको उनले विभिन्न अन्तर्वार्तामा बताउँदै आएका छन् । पोर्चुगिच भाषामा भोजिन्हाको अर्थ ‘सानी हजुरआमा’ हुन्छ । उनले यो निकनेम बाल्यकालमै पाएका हुन् ।

उनले २१ वर्षको उमेरमा व्यवसायिक फुटबल खेल्न थाले । माल्डोभा, साइप्रस, स्लोभाकिया र पोर्चुगलका तल्लो राष्ट्रिय टिममा उनी सन् २०१२ मा परेका हुन् । क्यामरूनविरुद्धको अन्तर्राष्ट्रिय खेलमा उनले डेब्यू गरे । त्यसबेलमा उनी २५ वर्षका थिए ।

अहिले उनी टिमको महत्त्वपूर्ण खेलाडी बनेका छन् । यो विश्वकपमा केप भोर्डेलाई छनोट गराउने श्रेय पनि उनलाई दिइन्छ । अनि ४० वर्षको उमेरमा उनले विश्वकपमा डेब्यू गरे । उनी विश्वकपमा डेब्यू गर्ने सबैभन्दा पाका खेलाडी पनि हुन् ।

भोजिन्हाको प्रदर्शनले कोभ भर्डेका समर्थकलाई गौरव गर्ने बहाना मिलेको छ । उनी आफैँ पनि उत्साहित छन् । खेल सकिएपछि क्यामेरा आफूप्रति केन्द्रित हुँदा उनी देशको झन्डा ओढेर गर्वले आँसु खसाल्दै थिए ।

आँसुको रहस्य

उत्कृष्ट प्रदर्शनले फुटबल प्रेमी उनीमाथि गर्व गर्दै थिए । देशको झन्डाअंकित जर्सीमा रहेका उनलाई कैद गर्न क्यामेरा तेर्सिएका थिए । उनको आँखामा आँसु थियो । धेरैको अनुमान थियो– खुसीको आँसु ।

खेलपछि मिडियासँग भोजिन्हाले रहस्य खुलाए – आँसुले गर्व मात्रै व्यक्त गरेको थिएन । उनको आँसु भिसा र आर्थिक समस्याको उपज पनि थियो ।

उनले भने, ‘मलाई हुर्काउने हजुरबा–हजुरआमा केही वर्षअघि बित्नुभयो । त्यसकारण यहाँ हुनुहुन्न । आमा भिसाका कारण आउन सक्नुभएन । भिसाका लागि तिर्नुपर्ने रकम अभाव भयो । म उहाँ यहीँ भइदिएको हेर्न चाहन्थेँ ।’

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ३ : १२ बजे

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी