सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम « Khabarhub

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा रहेका कर्मचारी आबद्ध संघ–संगठन तथा पेसागत संस्थाका कार्यालय हटाउन सात दिने अल्टिमेटम दिएको छ।

प्रशासनले आइतबार एक सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका र विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध गैरसरकारी प्रकृतिका प्राविधिक तथा पेसागत संघ, संगठन र संस्थाका कार्यालय सरकारी भवनभित्र राख्न नपाइने जनाएको हो।

सूचनाअनुसार यस्ता संघसंस्थाका केन्द्रीय, प्रादेशिक, जिल्ला, सम्पर्क तथा एकाइ कार्यालयहरूले सरकारी भवनभित्र राखिएका कार्यालय, साइनबोर्ड तथा अन्य संरचना सात दिनभित्र हटाई निजी वा भाडामा लिइएको भवनमा स्थानान्तरण गर्नुपर्नेछ।

स्थानान्तरणपछि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायलाई पनि यस्ता संघसंस्थाले प्रयोग गरिरहेका बोर्ड, कक्ष तथा अन्य संरचना हटाई सम्बन्धित क्षेत्र खाली गराउन आग्रह गरेको छ।

प्रशासकीय अधिकृत तीर्थराज कटेलद्वारा जारी सूचनामा तोकिएको समयभित्र कार्यालय स्थानान्तरण नगरी सरकारी संरचनाभित्रै सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

प्रशासनका अनुसार सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र गैरसरकारी प्रकृतिका संघसंस्थाका कार्यालय सञ्चालन भइरहेको पाइएकाले त्यसलाई व्यवस्थित गर्न यो निर्णय गरिएको हो।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ३ : २६ बजे

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले