बकैयामा २९ टन खरबुजा उत्पादन « Khabarhub

बकैयामा २९ टन खरबुजा उत्पादन


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६ सामाखुसी बस्ने चूडामणि गौतम दम्पती स्थानीय बकैया गाउँपालिका–७ हात्तीखोलामा जग्गा भाडामा लिएर केही समयदेखि ड्राइगन र खरबुजाखेती गर्दै आएका छन् ।

कृषि उद्यमी गौतमले हाल उक्त जग्गाबाट उत्पादित करिब २९ टन खरबुजा चितवनको नारायगढ र हेटौँडाका बजारमा बिक्री गरे । उनले त्यसबाट ११ लाख ३८ हजार रुपैयाँ रकम आम्दानी गरिएको बताए । सो खरबुजा हेटौँडा र भरतपुरमा प्रतिकेजी ३० रुपैयाँसम्म बिक्री गरेको गौतमले बताउँछन् ।

गौतम दम्पतीले उक्त जग्गाको प्रतिकट्ठा वार्षिक चार हजार रुपैयाँ भाडामा लिएका थिए । भाडामा लिएको उक्त जग्गामा १० महिनाअघि पौष्टिक फल ड्राइगनको १२ हजार बिरुवा लगाइएको थियो ।

उक्त ड्राइगन बिरुवाको वरिपरिको खाली जग्गामा मौसमी खरबुजाको चार हजार बिरुवा केही महिनाअघि रोपिएको उद्यमी गौतमले जानकारी दिए  । 

उद्यमी गौतमले अझै केही दिन  खरबुजा उत्पादन हुने भएकाले टोल छिमेकीले बारीमै पुगेर खरिद गर्ने जानकारी दिए । कृषि उद्यमी गौतमले केही महिनाअघि खरबुजाखेती र बिरुवा उत्पादन मलखाद सिँचाइ गर्न तीन लाख ४० हजार रुपैयाँ रकम लगानी गरेका थिए ।

त्यस्तै पौष्टिक फल ड्राइगनखेती गर्न विभिन्न वित्तीय संस्था र लगानीकर्तासमेतबाट ऋण लिएर लगानी गरेको कृषक गौतम बताउँछन् । स्थानीय हात्तीखोलामा लगाइएको ड्राइगन अबको दुई महिनामा उत्पादन सुरु हुने र लगातार २० देखि २२ वर्षसम्म फल प्राप्त भइरहने उनी बताउँछन् ।

उक्त कृषि बागवानी फार्ममा अहिले दुई महिलासहित ११ जानाले रोजगारी प्राप्त गरिरहेको संस्थापक राधिकाकुमारी गौतमले जानकारी दिए  । रासस
 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ४ : ४१ बजे

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि