चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन « Khabarhub

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन


२ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७  लाख राजस्व सङ्कलन गरेको छ । 

सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरूमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा  सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।

सङ्घीय सरकारले कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा ११ महिनाको अवधिमा भने लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् रु नौ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । 

सरकारले चालु आवको ११ महिना गैरकर राजस्वतर्फ रु एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत अर्थात् रु ९९ अर्ब ९४ करोड ६९ लाख राजस्व सङ्कलन गरेको छ ।

त्यस्तैगरी, चालु आवमा अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा भने लक्ष्यको ४२ दशमलव ८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाख मात्रै सङ्कलन भएको छ ।
 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ४ : ५३ बजे

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध

सानिगाड हाइड्रोको स्थानीय सेयरमा गम्भीर अनियमितता, सनराइज क्यापिटलसँगको सेटिङमा प्रभावित क्षेत्रबाहिरका व्यक्तिको रजाइँ

काठमाडौं– बझाङ जिल्लाको बुंगल नगरपालिकामा सञ्चालित ३८.४६ मेगावाट क्षमताको माथिल्लो