विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने « Khabarhub

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

अर्जेन्टिनाको दुवै गोल मेसीको पासमा


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि भिड्ने भएका छन्। आ–आफ्नो सेमिफाइनल खेल जित्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्।

पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पाखा लगाउँदै स्पेन फाइनल पुगेको हो। स्पेनको जितमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे भने पेड्रो पोरोले दोस्रो गोल थपे।

दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्दै अर्जेन्टिनाले स्पेनसँगको भेट पक्का गरेको हो।

खेलको ५५ औं मिनेटमा मोर्गन रोजर्सको क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। एक गोलले पछि परेको अर्जेन्टिनाका लागि निको गोन्जालेजले प्रहार गरे पनि इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गरे। यस्तै एलेक्सिस म्याक एलिस्टेरको दुई प्रहार पोस्टमा ठोकिएका थिए।

पहिलो हाफमा आक्रामक बन्न नसकेको अर्जेन्टिनाले खेलको अन्तिम समयतिर उत्कृष्ट पुनरागमन गर्‍यो। ३९ वर्षीय कप्तान लियोनल मेसीको प्रेरणामा अर्जेन्टिनाले पाँच मिनेटको अन्तरमा दुई गोल फर्काएको हो। खेल सकिन पाँच मिनेट बाँकी छँदा मेसीकै पासमा एन्जो फर्नान्डेजले शक्तिशाली प्रहार गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयमा मेसीले दाहिने खुट्टाले मिलाइदिएको क्रसलाई लाउटारो मार्टिनेजले गोलमा परिणत गर्दै अर्जेन्टिनाको जित निश्चित गरे। योसँगै मेसीलाई आफ्नो खेल जीवनमा दोस्रो पटक विश्वकप ट्रफी उचाल्ने अवसर जुटेको छ।

फाइनलमा मेसी र स्पेनका युवा स्टार लामिन यमलबीचको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ६ : २९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ