जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन « Khabarhub

जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ। दोस्रो खेलमा जर्सीलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै नेपालले सिरिज २–० ले आफ्नो पोल्टामा पारेको हो। पहिलो खेलमा नेपाल ८१ रनले विजयी भएको थियो।

जर्सीले दिएको २ सय ८३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४६ औं ओभरमा ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल अघि बढ्न नसकेपछि डीएलएसका आधारमा नेपाललाई विजयी घोषित गरियो। खेल रोकिँदा दिपेन्द्रसिंह ऐरी ३४ र कप्तान रोहित पौडेल २१ रनमा अविजित थिए।

त्यसअघि नेपालका लागि इशान पाण्डेले ९० रनको उत्कृष्ट इनिङ खेले भने कुशल भुर्तेलले ५१ रनको योगदान दिए। यस्तै भिम सार्कीले ३७ रन बनाउँदा आरिफ शेख ३ रनमा आउट भए।

पहिले ब्याटिङ गरेको जर्सीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको बलियो योगफल खडा गरेको थियो। उसका शीर्ष क्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ठूलो लक्ष्य पाएको हो। बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए। ललित राजवंशीले एक विकेट हात पारे ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ६ : ५६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप