सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर « Khabarhub

सरकारका गलत कामको विरोध गर्दा ज्यान मार्ने धम्की आउँछ : ऐन महर


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन् ।

उनले पछिल्लो समय आफू स्वयम् पनि यसको सिकार भएको र विदेशबाट समेत ह्वाट्सएप र म्यासेन्जरमा मार्ने धम्कीहरू आइरहेको बताए। महरले सरकारले आफ्ना १०० दिनका उपलब्धिमा ’सुशासन कायम गरेको’ दाबी गरे पनि व्यावहारिक रूपमा त्यस्तो नदेखिएको तर्क गरे ।

उनले प्रदेशहरूमा नयाँ परिस्थिति र राजनीतिक शून्यताको अवस्था देखिएको भन्दै एमाले, कांग्रेस लगायतका कम्युनिष्ट पार्टीका नेतृत्वहरूले छिटोभन्दा छिटो छलफल गरेर उचित निकास निकाल्नुपर्नेमा जोड दिए ।  

महरले विशेष गरी सुदूरपश्चिम प्रदेशमा जनताका मुद्दामा केन्द्रित हुनुभन्दा आफ्ना व्यक्तिगत विषयलाई प्राथमिकता दिएका समस्या उत्पन्न भएको बताए । 
 

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  २ : ४८ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव