सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न « Khabarhub

सरकारको लक्ष्यअनुसार ‘ब्याकलग’का ३१ लाख लाइसेन्स छपाइ सम्पन्न


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले असार मसान्तभित्र छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सम्पन्न गर्ने लक्ष्यअनुसार सुरक्षण मुद्रण केन्द्रले ३१ लाख थान लाइसेन्स छपाइ सम्पन्न गरेको छ।

सरकारले लामो समयदेखि थन्किएका ‘ब्याकलग’ लाइसेन्स असार मसान्तसम्म छपाइ सक्ने घोषणा गरेको थियो। सोही लक्ष्यअनुसार हालसम्म २९ लाख थान लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरिएको छ भने बाँकी दुई लाख थान लाइसेन्स छपाइपछि कटिङ प्रक्रियामा रहेको विभागले जनाएको छ।

यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि शाखाका निर्देशक केशव खतिवडाका अनुसार २९ लाख थान लाइसेन्स विभागले प्राप्त गरिसकेको छ। बाँकी दुई लाख थान लाइसेन्स छिट्टै विभागलाई हस्तान्तरण गरिनेछ।

उनका अनुसार करिब तीन लाख थान लाइसेन्स भने म्याद समाप्त हुने चरणमा पुगेकाले छपाइ नगरिने भएको छ। ती सेवाग्राहीले नागरिक एपमार्फत डिजिटल लाइसेन्स प्रयोग गर्न सक्ने भएकाले कुनै समस्या नहुने उनले बताए।

नयाँ लाइसेन्सका हकमा भने विवरण प्राप्त भएको २४ घण्टाभित्रै कार्ड छपाइ हुने व्यवस्था मिलाइएको निर्देशक खतिवडाले जानकारी दिए।

सरकारले गत चैत २३ गते लाइसेन्स छपाइमा देखिएको लामो ढिलाइ अन्त्य गर्न असार मसान्तभित्र सबै बाँकी लाइसेन्स छपाइ सम्पन्न गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स कार्ड छापेर विभागलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यद्यपि, ‘जेन–जी’ आन्दोलनका क्रममा यातायात व्यवस्था विभागसहित विभिन्न यातायात कार्यालयमा भएको क्षति र विभागको मुख्य सर्भर आगलागीबाट नष्ट भएकाले कहिलेकाहीँ प्राविधिक समस्या आउने गरेको विभागले जनाएको छ। हाल सिंहदरबारस्थित डाटा सेन्टरमा सुरक्षित रहेको तथ्यांकका आधारमा वैकल्पिक सर्भर सञ्चालन गरेर सेवा प्रवाह भइरहेको छ।

यसैबीच विभागले शुक्रबारदेखि लाइसेन्स नवीकरण तथा नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन दिएका सेवाग्राहीले राजस्व पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था लागू गरेको छ। यससँगै राजस्व बुझाउन बैंक धाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ३ : ०२ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को