सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन « Khabarhub

सर्वोच्च अदालतको आदेशपछि एमाले पूर्वसांसद कोइरीलाई थुनामुक्त गर्न निर्देशन


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा आदेश जारी गर्दै महोत्तरी कारागारमा रहेका लक्ष्मी महतो कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नरहेको भए तत्काल थुनामुक्त गर्न निर्देशन दिएको छ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखा (रिट–६) ले २०८३ असार ३२ गते कारागार कार्यालय, महोत्तरी (जलेश्वर) लाई पत्राचार गर्दै अदालतको आदेश कार्यान्वयन गर्न भनेको हो।

कोइरीका छोरा मनोज कुमार महतोले आफ्नो बाबुको हकमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिटमा इलाका प्रहरी कार्यालय, गौशाला (महोत्तरी) लगायतलाई विपक्षी बनाइएको थियो।

सर्वोच्च अदालतले दिएको आदेशमा अन्य कुनै मुद्दामा थुनामा राख्नुपर्ने अवस्था नभए लक्ष्मी महतो कोइरीलाई सोही दिन थुनामुक्त गर्न भनिएको छ। आदेशको प्रमाणित प्रतिलिपिसमेत सम्बन्धित निकायमा पठाइएको अदालतले जनाएको छ।

यस आदेशको बोधार्थ इलाका प्रहरी कार्यालय गौशाला, जिल्ला प्रहरी कार्यालय महोत्तरी (जलेश्वर), महोत्तरी जिल्ला अदालत तथा उच्च अदालत जनकपुरलाई समेत पठाइएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ५ : २७ बजे

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको