ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल, « Khabarhub

ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल,


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ । 

काठमाडौं महानगरपलिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गरेकी छन् । 

डङ्गोलले भनिन्, ‘काठमाडौँबाट चोर गरी विदेशका सङ्ग्रहालयमा पुर्‍याइएका पुरातात्त्विक महत्त्व बोकेका वस्तु कानुनी र  कूटनीतिक प्रक्रिया पूरा गरेर आफ्नै देशमा फर्काउने अभियानमा छौँ ।’

कुराकानीका क्रममा कार्यवाहक राजदूत स्कट अर्बमले रानेको जिज्ञासामा डङ्गोलले विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिबद्ध रहँदै नागरिकको अपेक्षामा आधारित योजनालाई प्राथमिकता दिएको बताइन् ।
  
तलेजु भवानी (तुलजा भवानी) विशेषगरी नेवार समुदायकी इष्टदेवी तथा मल्लकालदेखिको शक्ति, शासन र समृद्धिको प्रतीक हुन् । उनलाई दैवीशक्ति वा मातृशक्तिका रुपमा पुजिन्छ ।
 
कर्नाटवंशी राजा हरिहरसिंह देवले १४औँ शताब्दीमा तलेजु भवानीलाई नेपाल भित्र्याएका थिए । त्यसपछिका मल्ल राजाले तलेजुलाई आफ्नो राज्यको प्रमुख संरक्षक र कुलदेवी मानेको इतिहासमा पढ्न पाइन्छ । 

नेवार समुदायमा तलेजु भवानीलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । तलेजु मन्दिरका पुजारीलाई कर्माचार्य भनिन्छ । तलेजु भवानीको पूजा परम्परा गोप्य हुन्छ । हनुमान ढोका, भक्तपुर र पाटनका तलेजु मन्दिर  यहाँ प्रसिद्ध छन् । उक्त मन्दिर वर्षको एकपटक अर्थात् दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
 

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ७ : ०९ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड