इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं « Khabarhub

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुर्‍याएपछि समर्थकप्रति आभार व्यक्त गरेका छन्।

इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले फाइनल यात्रा तय गरेलगत्तै मेसीले सामाजिक सञ्जालमार्फत भावुक सन्देश साझा गरेका हुन् ।

मेसीले आफ्नो पोस्टमा लेखेका छन्, ‘फाइनलमा पुग्यौं ! हामीले फेरि एकपटक अर्को उत्कृष्ट खेल खेल्नका लागि आफ्नो सम्पूर्ण शक्ति जुटायौं। यो टोलीमाथि विश्वास गर्ने सबैलाई धेरै–धेरै धन्यवाद। आऊ अर्जेन्टिना !’

सेमिफाइनलमा अर्जेन्टिनाले संघर्षपूर्ण प्रदर्शन गर्दै इङ्ग्ल्यान्डलाई हराएको थियो। उक्त जितसँगै साविक विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनलमा पुगेको छ ।

मेसीको सन्देशले टोलीको एकता, संघर्ष र समर्थकप्रतिको सम्मान झल्काएको छ। पोस्ट सार्वजनिक भएको केही समयमै लाखौं समर्थकले प्रतिक्रिया जनाउँदै अर्जेन्टिनालाई उपाधि जित्ने शुभकामना दिएका छन्।

अब अर्जेन्टिनाले विश्वकप उपाधिका लागि फाइनलमा स्पेनको सामना गर्नेछ। अर्जेन्टिना लगातार दोस्रो तथा समग्रमा अर्को विश्वकप उपाधि जित्ने लक्ष्यमा छ भने स्पेन दोस्रो पटक विश्वकप जित्ने प्रयासमा हुनेछ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १० : ५६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा