अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ? « Khabarhub

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

अनिल साहको कप्तानीमा युवा र अनुभवीको सन्तुलित टोली


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि नेपाल ‘ए’ टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छ। नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक सिनियर टोलीको सट्टा ‘ए’ टोलीलाई अस्ट्रेलिया पठाउन लागेको हो।

अनिलकुमार साहको कप्तानीमा रहेको टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ। टोली सन्तुलित रहेकाले अस्ट्रेलियामा उत्कृष्ट नतिजा निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी छन्।

नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षक राजु बस्न्यातले अस्ट्रेलियाको पिचसँग घुलमिल हुन चुनौती भए पनि नेपालले सकारात्मक नतिजा निकाल्ने बताए। “पछिल्लो १०-१२ दिनदेखि हामी नियमित अभ्यासमा थियौँ। अस्ट्रेलियाको कन्डिसन आत्मसात् गर्दै राम्रो प्रदर्शन गर्नेमा आशावादी छु,” बिदाइ कार्यक्रममा प्रशिक्षक बस्न्यातले भने।

दीर्घकालीन रूपमा नेपाली क्रिकेटलाई बलियो बनाउन ‘ए’ टोलीको अवधारणा महत्त्वपूर्ण रहेको उनको भनाइ छ। “‘ए’ टोलीबाट नयाँ खेलाडी सिनियर टोलीमा जाने र सिनियरका खेलाडी लय समात्न ‘ए’ टिममा आउने अभ्यासले नेपाली क्रिकेटको स्ट्रेन्थ बढाउँछ,” उनले थपे।

यस्तै कप्तान अनिल साहले अस्ट्रेलिया भ्रमण टोलीका लागि महत्त्वपूर्ण एक्सपोजर हुने बताए। “हामीले त्यहाँको कन्डिसनअनुसार खेल्ने योजना बनाएका छौँ। यो अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्न टोली उत्साहित छ,” साहले भने।

नेपालले गत संस्करणमा सिनियर टोलीसहित प्रतिस्पर्धा गरेको थियो, जहाँ लिग चरणका ६ मध्ये २ खेलमा जित र ४ मा हार व्यहोरेको थियो। यसपालि नेपाल ‘ए’ ले उक्त नतिजामा सुधार गर्ने लक्ष्य राखेको छ।

नेपालले पहिलो खेल अगस्ट २१ मा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ। त्यसपछि अगस्ट २२ मा बंगलादेश हाई पर्फर्मेन्स, २४ मा होबार्ट हरिकेन्स, २६ मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, २७ मा हैदराबाद किङ्समेन एकेडेमी र २९ अगस्टमा भिक्टोरिया सिए-११ विरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ। टी-२० सिरिजपछि नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध ५० ओभरका अभ्यास खेल पनि खेल्नेछ।

नेपाली ‘ए’ टोली:
अनिलकुमार साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, रिजन ढकाल र युवराज खत्री।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ६ : ३६ बजे

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।