झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन « Khabarhub

झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । 

जिल्लामा पछिल्लो चार महिनामा १० जनामा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि सङ्क्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार स्थलगत अध्ययनका लागि परिचालन गरिएको टोलीमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहित स्वास्थ्य शाखा प्रमुख, जिल्ला निगरानी सम्पर्क व्यक्ति तथा खोपसम्बन्धी चिकित्सक सहभागी छन् । 

टोलीले जिल्लामा जेई सङ्क्रमणको अवस्था र जोखिमका सम्भावित कारण पहिचान गरी आवश्यक रोकथाम तथा नियन्त्रणका उपाय अघि बढाउने तयारी गरिएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख दासका अनुसार जिल्लामा सङ्क्रमित भएका सबै १० जनाले जेईविरुद्धको खोप लगाएका थिएनन् । 

खोप नलगाएका व्यक्तिमा सङ्क्रमण पुष्टि हुनुका साथै मृत्युसमेत भएकाले जेई नियन्त्रणमा खोपको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको उनले बताए । 

‘उपलब्ध तथ्याङ्कले खोप नलगाएका व्यक्तिमा सङ्क्रमण तथा मृत्युको जोखिम देखाएको छ,’ दासले भने, ‘जेईबाट हुने सङ्क्रमण र मृत्यु रोक्न खोपको पहुँच र प्रयोगलाई प्राथमिकतामा राख्नुपर्छ । खोपबाट छुटेका व्यक्तिलाई खोपको पहुँचमा ल्याउन आवश्यक छ ।’

जन्मेको १२ महिनाको उमेरमा जेईविरुद्धको एक मात्रा खोप दिने गरिएको भएतापनि जिल्लामा ४० वर्षमाथिका व्यक्तिमा जेई सङ्क्रमण देखिएपछि पहिलो चरणमा ३० वर्षमाथिका खोप नलगाएका व्यक्तिलाई जेईविरुद्धको खोप दिने अभियान सञ्चालनको तयारीसमेत भइरहेको दासले बताए । 

स्थलगत अध्ययनबाट प्राप्त तथ्यका आधारमा खोप अभियान तथा अन्य रोकथामका उपायलाई थप प्रभावकारी बनाउने तयारी स्वास्थ्य कार्यालयको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ मा हालसम्म नेपालमा ५८ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ । सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसबाट बच्न वर्षायाममा घर वरपर पानी जम्न नदिन तथा आवश्यक सावधानी अपनाउन प्रमुख दासले सर्वसाधरणलाई आग्रह गरे । 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १ : ३७ बजे

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्

विद्युतको कर खारेजी माग गर्दै कुलमानको हस्ताक्षर अभियान (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित