वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति « Khabarhub

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठलाई थप ४ दिन थुनामै राख्न अनुमति दिएको छ।

यसअघि पहिलो पटक दिएको तीन दिनको म्याद सक्किसकेको थियो । यो अवस्थामा जिल्ला प्रहरी परिसरले श्रेष्ठलाई अनुसन्धान नसकिएको भन्दै थुनामै राख्न सोमबार अदालत उपस्थित गराएको थियो ।

उक्त म्याद सकिए पनि प्रहरीले श्रेष्ठसँग अझैसम्म बयान लिएको छैन। बयानसमेत नलिएको अवस्थामा अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि अदालतले ४ दिन दिएको हो ।

समाचारको विषयमा श्रेष्ठलाई राज्यले बदला लिन पक्राउ गरेको भन्दै सर्वोच्च अदालतमा यसअघि नै उनकी श्रीमती सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट हालेकी छन् ।

उक्त रिटमाथि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकेर सुनुवाइ हुँदैछ ।

श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार मध्यराति घरबाटै पक्राउ गरेको थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोप लगाइएक छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १ : २४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५