सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ « Khabarhub

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका छन् ।  

सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएपछि सभामुख अर्यालले सदनमा उपस्थीत भइ सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन् । 

सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्ववपूर्ण विषयहरूमा प्रश्नोत्तरको माग गर्दै सांसदहरुले गरिरहेको विरोधप्रति सभामुखको ध्यानाकर्षण भएको बताए ।

यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्रीलाई उनले निर्देशन दिए ।

सीमा सम्बन्धी अभिव्यक्तिको र प्रश्नोत्तरमा सहभागी भइ प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग सहित बिपक्षी दलले लामो समयदेखि सदनमा विरोध जनाउदै आएका थिए । 

सभामुखको निर्देशनपछि बिपक्षी दलका सांसदहरुले आसन ग्रहण गरेका थिए । 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १ : ४६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५