नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने « Khabarhub

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने


१ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी अगस्ट १९ मा नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको छ । 

नामी भिगोको नयाँ संस्करणलाई ‘फुल एसयूभी’का रूपमा बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले भिगो ई२ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव दिने लक्ष्य राखेको छ । हालसम्म देशभर २,००० भन्दा बढी नामी गाडी सञ्चालनमा छन् ।

भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा लगायतका चुनौतीपूर्ण गन्तव्यहरूमा आफ्नो क्षमता पनि प्रदर्शन गरिसकेको छ । यस्ता वास्तविक यात्राहरूले भिगोलाई भरपर्दो र प्रमाणित इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गर्न सहयोग गरेका छन् ।

नयाँ भिगो ई२ ले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिनेछ । दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि सक्षम इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यसलाई डिजाइन गरिएको कम्पनीले जनाएको छ।

भिगो ई२ को आधिकारिक मूल्य तथा सम्पूर्ण उत्पादनसम्बन्धी जानकारी अगस्ट १९ मा हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिनेछ ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १ : ५० बजे

तिहारमा गौमाता र लक्ष्मीपूजा गर्ने परम्पराको रहस्य के हो ?

काठमाडौँ– नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन गाई

संवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का विदेश विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले

बागमतीका मुख्यमन्त्री थापामगरबाट नारी शक्तिको सम्मान गर्न आग्रह

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो (तस्बिर)

काठमाडौँ– यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा बलम्बुस्थित

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

पोखरा– पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक