काभ्रेपलाञ्चोक– आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ । अस्पतालले बिमाबापत आठ करोड रुपैयाँ प्राप्त गरेको छ ।
अस्पतालले बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी रोकिएपछि गत असार १५ गतेदेखि स्वास्थ्य–बीमा सेवा पूर्णतः स्थगित थियो ।
स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा बीमितका लागि बहिरङ्ग (ओपीडी) सेवामार्फत बीमा सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।
ओपिडीबाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको हो ।
सेवा लिन आउने बिरामीले स्वास्थ्य–बिमा परिचयपत्र तथा अन्य आवश्यक कागजातसहित तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ । बीमितले अस्पताल आउनुअघि पायक पर्ने प्रथम सेवा विन्दुबाट आवश्यक प्रेषण लिनुपर्ने छ ।
स्वास्थ्य-बीमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन हुनेछैन ।












प्रतिक्रिया