निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ « Khabarhub

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित नभई एकीकृत कांग्रेस रहेको बताएका छन् । 

फागुन २१ गतेको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित राईले पार्टीका अग्रज नेताहरूले कांग्रेसलाई थप विभाजनतर्फ लैजानुको सट्टा एक ढिक्का बनाउन भूमिका खेल्नुपर्ने बताएका हुन्।

राईले कांग्रेसलाई एकताबद्ध बनाउनुपर्ने माग आफूहरूले पार्टीका अग्रज नेताहरूसमक्ष समेत राखिसकेको बताए। आपसी द्वेष र व्यक्तिगत स्वार्थ त्यागेर पार्टी एकताका लागि सबैले भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

‘हामी त आज पनि कांग्रेस एक बनाउनुपर्छ भन्ने चरणमै छौँ। हाम्रो माग कांग्रेस एक ढिक्का हुनुपर्छ भन्ने हो। यो कुरा हामीले पार्टीका अग्रज नेताहरूलाई समेत राखिसकेका छौँ,’ राईले खबरहबसँग भने, ‘कसैले पनि आपसी दुर्भावनाको भावना नराखी कांग्रेस एक बनाउनुपर्छ।’

पूर्वसभापति शेरबहादुर देउवा विदेशबाट स्वास्थ्यलाभ गरेर फर्किएको सन्दर्भ उल्लेख गर्दै राईले उनले पनि सबैलाई मिलाएर पार्टीलाई एकताको दिशामा अघि बढाउनुपर्ने बताए।

‘पूर्वसभापतिज्यू विदेशबाट स्वास्थ्यलाभ गरेर आउनुभएको छ। उहाँले सबैलाई मिलाएर पार्टी एक हुने दिशामा लानुपर्छ,’ उनले भने, ‘अहिलेको सभापति पार्टी एकताको विषयमा निकै गम्भीर र लचिलो भएर काम गरिरहनुभएको छ। विधि, नीति र पद्धति मानेर कांग्रेस एक बनाउन अग्रजहरूले अझ भूमिका खेल्नुपर्छ।’

राईले अहिलेको युवा पुस्ताले एकीकृतसँगै परिवर्तित कांग्रेस चाहेको बताए। विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न भएको दाबी गर्दै उनले त्यहाँबाट आएको नेतृत्वलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।

‘विधि र नीतिसंगत गरिएको महाधिवेशनलाई सबैले स्विकार्नुपर्छ। नेतृत्वसहित महाधिवेशनलाई स्वीकार गरेर हामी १५औँ महाधिवेशनमा जुट्नुपर्छ,’ राईले भने।

उनका अनुसार आगामी १५औँ महाधिवेशन विभाजित कांग्रेसको नभई एकीकृत कांग्रेस निर्माण गर्ने अवसर बन्नुपर्छ। त्यसका लागि नेताहरूले व्यक्तिगत स्वार्थभन्दा पार्टीको हितलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

‘१५औँ महाधिवेशनमा एकीकृत कांग्रेस आएको होस्, विभाजित कांग्रेस होइन। यसका लागि आफूले व्यक्तिगत स्वार्थ त्यागेर पार्टीको हितका लागि दौडिनुपर्छ,’ राईले भने ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  २ : १९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको