रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर « Khabarhub

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल लम्साललाई सामान्य रूघा लाग्दा पनि हेलिकप्टर व्यवस्था गरिएको कुरामा आपत्ति जनाएकाछन्।

सोमबार संसद् बैठकलाई सम्बोधनका क्रममा उनले जनताका लागि अस्पताल पुग्ने साधन र अस्पतालमा डाक्टर नभएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गेलालले मन्त्रीहरूको देश घुमाइ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको हेलिकप्टर यात्रालाई कसिलो व्यंग्य प्रहार गरेका हुन् ।

‘आज जनता ग्यास, मल, सञ्चार सेवा, विद्युत् र आधारभूत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन्, मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर उपलब्ध हुन्छ, तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन, अस्पतालमा डक्टर हुँदैनन्’, उनले भने, ‘मन्त्रीज्युहरू तपाईंहरूका भिडियो र प्रचारले जनता खुशी हुँदैनन्, जनताको घरघरमा मन्त्री पुगेको होइन, सरकारका कारण समस्या समाधान भएको अनुभूति पुग्नुपर्छ, देश नघुम्नुस्, देशको समस्या समाधान गर्नुस्, जनताले भन्न थालेका छन् अनुहार फेरियो…..।’

उदयपुरबाट निर्वाचित सांसद गेलालले आफूले सरकारको विरोध नभएर जनताको आवाज बोलेको भन्दै देश घुम्नभन्दा मन्त्रालयमा बसेर नीति निर्माण गर्न र कर्मचारीको मनोबल उच्च बनाउन सुझाव दिए । 

‘मैले बोलिरहँदा सरकारको विरोध जस्तो सुनिएला होइन, मैले जनताको आवाज सरकारलाई सुनाउन खोज्दैछु, माननीय मन्त्रीज्युहरूलाई प्रश्न छ, तपाईंहरू देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी ? बिदामा घुम्न गएजस्तो गर्नुभन्दा मन्त्रालयमा बस्नुस्, नीति बनाउनुस्, निर्णय गर्नुस् र कर्मचारीको मनोबल उच्च बनाउनुस्’, उनले भने ।

त्यस्तै, सांसद गेलालले सरकारमा भएकाहरूले धेरै सल्लाहकार राखेर देशको ढुकुटी रित्यान आवश्यक नभएको भन्दै सांसदहरूले नै देशका १६५ निर्वाचन क्षेत्रका समस्या र समाधानबारे सुझाव दिनसक्ने बताए ।

‘देशका १६५ निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायहरू समेत त्यस क्षेत्रका सांसदहरूले दिन सक्नुहुन्छ, त्यसका लागि जम्बो सल्लाहकार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक छैन’, गेलालले भने ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ५ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित