काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो « Khabarhub

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । 

मृत्यु हुनेमा खानीखोला –२ को २४ बर्षिया अनिता मोक्तान र खानीखोला–४ को ६१ वर्षीय कलकबहादुर माझी रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।  

दुर्घटनामा घाइते काभ्रे बनेपा नगरपालिका–१४ बस्ने २५ बर्षको राहुल तामाङ, खानीखोला–३ का २४ वर्षिय प्रदिप जर्गामगर, खानीखोला–५ का वर्ष नखुलेको बौद्धमान लामा, सिन्धुपाल्चोक चौतारा नगरका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका २८ बर्षका यसबहादुर तामाङलाई हेलिकप्टरबाट उपचारका लागि आज हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ । 

पनौती–तालढुङ्गा भित्री सडकखण्डमा आज बिहान जीप सडकबाट अन्दाजी ३०० मिटर तल खसेर दुर्घटनामा भएको थियो । 

सूचना अधिकारी विष्टका अनुसार लामा र रावलको अवस्था गम्भीर रहेको छ । जीप खानीखोलाबाट बनेपातर्फ आइरहेको अवस्थामा दुर्घटनामा परेको जनाइएको छ । प्रहरीले जीपको ब्रेक–फेल भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ५ : २४ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले