सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध « Khabarhub

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका पेस बलर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ । सुदूरपश्चिमले कुगेलेइनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा समावेश गरेको हो । यसअघि उसले इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ ।

कुगेलेइनले एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिमबाट ९ खेलमा १७ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए । दोस्रो संस्करणमा उनले ९ खेलबाट १० विकेट लिएका थिए । पुनः टोलीमा फर्किन पाउँदा उत्साहित रहेको कुगेलेइनले बताएका छन् ।

‘म फेरि सुदूरपश्चिमबाट खेल्न उत्साहित छु,’ उनले भने । सुदूरपश्चिम रोएल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । ‘उनीबाट यसपटक पनि पहिलो र दोस्रो संस्करणको जस्तै योगदानको अपेक्षा राखेका छौं । पहिलो उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।

तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा कायम राखेको छ । अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ५ : ४९ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल