गगनको दाबी : घरअगाडि गाडी तेर्स्याउने व्यक्ति प्रहरी « Khabarhub

गगनको दाबी : घरअगाडि गाडी तेर्स्याउने व्यक्ति प्रहरी


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो घर अगाडि गाडी तेर्स्याउने व्यक्ति नेपाल प्रहरी भएको दाबी गरेका छन्। आफ्नो परिवार गाडी कसको हो भनेर बुझ्न ट्राफिक कार्यालय जाँदा प्रहरीको गाडी भएको आफूले थाहा पाएको उनले जानकारी दिए । पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा गगनले यस्तो दाबी गरेका हुन् ।

‘मेरो परिवारका सदस्यहरु गाडी कसले छोडेको हो भनेर बुझ्न जाँदा चलाएर ल्याउने व्यक्ति प्रहरी भएको थाहा भयो । केही समयअघि मेरो जलाइएको घरको गेटमा एउटा प्राइभेट गाडी राखियो । त्यो गाडी कसको थियो थाहा भएन । निजी सम्पत्तिमा क्षति पुर्‍याउनु हुँदैन भन्नेमा म सचेत थिएँ ।’ उनले भने, ‘दिउँसो त्यो गाडी उठाएर ट्राफिक कार्यालय लगियो । मेरो परिवारका सदस्यहरु गाडी कसको हो भनेर बुझ्न ट्राफिक कार्यालय जानुभयो । त्यो थाहा पाउने हाम्रो हक थियो । तर कसको गाडी हो भनेर बताइएन । एकछिनपछि एकजना व्यक्ति त्यो गाडी मैले चलाएर लगेको भन्दै आउनुभयो । उहाँको परिचय खोज्दै जाँदा प्रहरी भएको थाहा भयो ।’

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ६ : ३० बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले