राष्ट्रिय भेलाको कुरा सुनेँ, त्यहाँका निर्णय पार्टी नीतिको अङ्ग बन्दैन : गगन थापा « Khabarhub

राष्ट्रिय भेलाको कुरा सुनेँ, त्यहाँका निर्णय पार्टी नीतिको अङ्ग बन्दैन : गगन थापा


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले इतर पक्षको राष्ट्रिय भेलाका कुराहरु आफूहरुले सुनेको बताएका छन् ।

संस्थापन इतर समूहले गरेको राष्ट्रिय भेलाको कुरा आफूले सुनेको बताउँदै त्यहाँबाट भएका कुनै पनि निर्णयहरु आफ्नो पार्टीको अङ्ग नबन्ने स्पष्ट पारेका छन् । पार्टी कार्यालय सानेपामा बोल्दै गगनले राष्ट्रिय भेलामा गरेको निर्णयहरू आफूहरूले स्वीकार नगर्ने बताए ।

‘भेलामा के नेताहरूले भनिरहनुभएको छ भन्नेबारे नेताहरूले सुन्नुपर्छ। मैले पनि सुनेँ । पार्टीका भेलाको निर्णयहरू स्वीकार्य हुँदैन । त्यसलाई हामी सम्मान गर्छौं तर त्यहाँका निर्णयहरू नीतिको कुनै अंग बन्दैनन् । कांग्रेस भित्र भेला गर्न पाइँदैन त ?’ उनले भने, ‘पाइन्छ हाम्रो पार्टीको परम्परा पनि छ । पार्टीको सभापति शेरबहादुर देउवा हुँदैगर्दा मैले धेरै भेला गरेको छु । भेलाहरू हुन्छन् । परम्परा छन् तर त्यसरी नै लिन्छौं । कांग्रेको धारणा हिजो जे थिए त्यही हो । कांग्रेसको आधिकारिक धारणा महासमिति बैठकले गर्छ। जुन अस्ति गोदावरीमा शेरबहादुर देउवाकै सभापतित्वमा सम्पन्न भएको  थियो ।’

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ६ : ३९ बजे

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले