जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ « Khabarhub

जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ । 

परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका हुन् ।

देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) को केश देखिएकोमा ६३ जनामा जेइ सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो पाँच दिनमा मात्रै नौ जना नयाँ जेइ थपिएका छन् । 

सङ्क्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् । ६३ सङ्क्रमितमध्ये ३१ जना उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ ।
 
जेइ सङ्क्रमितबाट मृत्यु भएका १६ जनामध्ये सबैले खोप नलगाएको पाइएको छ । 

मृत्यु हुनेमा नौ महिला र सात पुरुष छन् । मृत्यु भएका १६ जनामध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको महाशाखाको तथ्याङ्कले देखाउँछ ।  उमेर समूहअनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा जेइ सङ्क्रमणभन्दा बढी देखिएको छ । 

जेइबाट मृत्यु भएकामध्ये झापामा पाँच, सुनसरी र सप्तरीमा दुई–दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक–एक जना रहेका छन् । 

जेइ सङ्क्रमण नेपालको पूर्वी क्षेत्रमा देखिए पनि पछिल्लो समय पश्चिमतर्फसमेत फैलिँदै गएको छ ।  

महाशाखाको जापानिज इन्सेफलाइटिससम्बन्धी स्थिति प्रतिवेदनअनुसार अधिकांश जेइ सङ्क्रमित धानबारी तथा सुँगुर फार्मको आसपास बसोबास गर्ने गरेका छन् । सङ्क्रमितमध्ये ६२ प्रतिशतको मुख्य पेसा कृषि रहेको पाइएको छ ।

जेइ लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको मष्तिष्कमा सङ्क्रमण हुने गम्भीर रोग हो । यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुराजस्ता चरा चुरुङ्गी र सुँगुरजस्ता जनावरहरुलाई लामखुट्टेले मानिसलाई टोेकेमा यो रोग मानिसमा लाग्दछ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म देखिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ६ : ४७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको