रुस–युक्रेन युद्धविरामका लागि आफ्नो पहल सार्वजनिक गर्दै मेलानिया ट्रम्प « Khabarhub

रुस–युक्रेन युद्धविरामका लागि आफ्नो पहल सार्वजनिक गर्दै मेलानिया ट्रम्प


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने आफ्नो कूटनीतिक पहल तथा प्रयासबारे बिहीबार ह्वाइट हाउसमा धारणा सार्वजनिक गर्ने भएकी छन् ।

ह्वाइट हाउसका अनुसार मेलानिया दक्षिणी युक्रेनको खेरसन क्षेत्रअन्तर्गत ओलेस्की सहर र आसपासका क्षेत्रमा युद्धविराम कायम गराउने प्रयासमा स्वतन्त्र रूपमा संलग्न हुँदै आएकी छन् ।

प्रथम महिलाको कार्यालयले जारी गरेको विज्ञप्तिमा मेलानियाले रुस र युक्रेनका प्रतिनिधिहरूलाई ह्वाइट हाउसमा एकै ठाउँमा ल्याउने पहल गरिरहेको उल्लेख छ । उनले बिहीबार बिहान ११ बजे (१६०० जीएमटी) यस विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरसँग डेढ घण्टा लामो छलफल भएको जानकारी दिएका थिए। उनले आगामी साता पनि वार्ता जारी रहने बताए ।

यसअघि जेलेन्स्कीले रुसी नियन्त्रणमा रहेको क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रूपमा बाहिर निकाल्न आंशिक युद्धविराम गराउन भूमिका खेलेको भन्दै मेलानियालाई ‘अर्डर अफ प्रिन्सेस ओल्गा’ प्रथम श्रेणीको राष्ट्रिय सम्मान प्रदान गर्ने घोषणा गरेका थिए ।

युक्रेनी राष्ट्रपतिको वेबसाइटमा प्रकाशित आदेशमा मेलानियाको मानवीय सहयोग, मानव अधिकार संरक्षण तथा परोपकारी कार्यमा पुर्‍याएको योगदानको प्रशंसा गरिएको छ ।

गत महिना मेलानियाको पहलमा दक्षिणी युक्रेनको ओलेस्की क्षेत्रमा स्थानीय युद्धविराम भएको थियो । खाद्यान्न र औषधिको अभाव झेलिरहेका स्थानीय बासिन्दालाई सुरक्षित रूपमा बाहिर निकाल्न युक्रेनी र रुसी सेनाबीच सहमति भएको थियो ।

दुवै पक्षले पालना गरेको उक्त दुर्लभ युद्धविरामले सडक खाली गर्न र सर्वसाधारणलाई युक्रेन वा रुसतर्फ सुरक्षित रूपमा जान सहज बनाएको थियो ।

मेलानियाको कार्यालयले यस पहललाई अमेरिकी प्रथम महिलाबाट भएको अभूतपूर्व कूटनीतिक प्रयासका रूपमा व्याख्या गरेको छ । उनी रुस लगिएका युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने प्रयासमा समेत सक्रिय रहँदै आएकी छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : ३७ बजे

न‍वौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा, ४ हजारभन्दा बढी विदेशी प्रदर्शक सहभागी

साङ्घाई- चीनको साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) बिहीबारदेखि

लगानीको वातावरण देखाउन नेपाल पूर्वाधार सम्मेलन निकै महत्त्वपूर्ण

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि

रवि लामिछानेको स्पष्टीकरण- सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा

कारबाहीमा परेका पूर्वआईजीपी कार्कीको मुद्दा दर्ता भएन 

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा

पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा

काठमाडौँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार