मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छ : मन्त्री गौतम « Khabarhub

मुलुकीसंहिता समयअनुकूल संशोधनको आवश्यकता छ : मन्त्री गौतम


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मुलुकीसंहिता समयअनुकूल संशोधन गर्नुपर्ने आवश्यकता भएको बताएकी छन् ।
 
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘संहिता दिवस–२०८३’ का अवसरमा आयोजित समारोहमा मन्त्री गौतमले मुलुकीसंहिता न्यायमुखी, नागरिकमैत्री र कार्यान्वयन गर्न सकिने गरी संशोधन गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘मुलुकीसंहिता दिवसले सबैलाई एउटा साझा सङ्कल्प गराओस्, नागरिकको विश्वासका लागि उत्तरदायी राज्य बनाउनुपर्छ ।’ 

कत्रिम बुद्धिमत्ता, साइबर अपराध, डिजिटल कारोबार, नयाँ प्रकारका आर्थिक अपराध, वातावरणीय सङ्कट, नयाँ प्रकृतिका सामाजिक सम्बन्ध र बदलिँदो रोजगारीका स्वरूपले कानुनका अगाडि नयाँ प्रश्नहरू खडा गरिरहेको मन्त्री गौतमको भनाइ थियो ।
 
कानुन आयोगलाई अझ सक्षम, अनुसन्धानमुखी र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै मन्त्री गौतमले कानुन निर्माणमा संलग्न कानुन अधिकृतहरूको क्षमता विकास, अनुभव आदानप्रदान र व्यावसायिक दक्षता अभिवृद्धिका लागि कानुन अधिकृत सम्मेलनलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताइन् ।
 
मन्त्री गौतमले कानुन आयोग सरकारका लागि कानुनी मस्यौदा तयार गर्न बनाउने निकाय र आयोगको अध्यक्ष कानुनमन्त्री हुँदा सहज हुने तथा अपनत्व लिने भएर राखिएको जानकारी दिइन् ।
 
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रले संहितामा सुधार गर्नुपर्न विषय धेरै भएको भन्दै संशोधन गरेर नागरिकलाई न्याय दिनुपर्ने बताए । उनले मुलुकमा समस्या कानुनको नभएर व्यवहारमा भएकाले भाषा पनि सुधार हुनु जरुरी भएको बताए। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले संहिताहरू जारी गरेको आठ वर्ष भएको अवसरमा दिवस मनाउँदै गर्दा संहिताहरूको संशोधन विधेयक सदनमा लैजाने तयारी भएको जानकारी दिए । विसं १९१० मा मुलुकी ऐन जारी भएको थियो ।  

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ७ : ३६ बजे

मकवानपुरको जुराखेतमा न्यायाधीश डाँगी सवार गाडी दुर्घटना: ६ जना घाइते

काठमाडौँ- काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उच्च अदालत जनकपुरको अस्थायी इजलास

कृषिसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा